गैडहवा गाउँपालिकामा सिके राउतको पार्टीका उम्मेदवारको अग्रता

काठमाडौं । रुपनदेहीको गैडहवा गाउँपालिकामा जनमत पार्टी (जसपा)का उम्मेदवारहरुको अग्रता कायम नै रहेको छ । सो पार्टीका मेयद पदका उम्मेदवार रामदेव यादव र उपप्रमुखकि उम्मेदवार नर्वदा लोधले अग्रता कायम गरेकी हुन् । पछिल्लो मतगणना अनुसार यादवले १२ सय ९ मत ल्याई त्याएका छन् भने लोधले ११ सय ६९ मत ल्याई अग्रता कायम गरेकी छिन् । यादवका प्रतिस्पर्धी लोकतान्त्रीक सामाजवादी पार्टी, नेपालका उम्मेदवार जितेन्द्र पासीले १ हजार ५८ मत ल्याएका छन् भने नेपाली कांग्रसका उम्मेदवार बासि उल्लाह मुसलमानले हालसम्म १ हजार ३४ मत ल्याएका छन् । यस्तै लोधको प्रतिस्पर्धी कांग्रसकी उम्मेदवार मन्जु न्यौपानेले ९९९ मत प्राप्त गरेकी छन् भने ऐमालेकी उपमेयरकी उम्मेदवार माधुरी जैसाबले ८३५ मत प्राप्त गरेकी छिन् ।

सप्तरीको हनुमाननगरमा जनमत पार्टीका मेयर निर्वाचित

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन् । सो नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहलाई जनमत पार्टीका उम्मेदवार माझीले पराजित गर्दै जीत हात पार्न सफल भएका हुन् । १ सय ६१ मतको अन्तरले माझीले जीत हात पारेका हुन् । उनले ६ हजार ४०७ मत ल्याए भने प्रतिद्वन्द्वी साहले ६ हजार २४६ मत ल्याए दोस्रो भए । यस्तै, उपमेयर भने जसपाकी सरितादेवी यादव निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१२ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धि जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत ल्याएकी छन् ।

बालेनको मत स्थापितकोभन्दा ८ हजारले बढी

काठमाडौं । बालेन्द्र शाहले १६ हजार ६४७ मत प्राप्त गर्दा केशव स्थापितले आठ हजार ६०७ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएको स्थापितलाई अझै पछि पारिरहेका छन् । कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले सात हजार ७६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौंले जानकारी दिएको छ । उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डङ्गोलले १३ हजार ४०८ मतले अग्रस्थानमा रहेकी छिन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले चार हजार ११८ मत प्राप्त गरेको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ ।