गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धकाे खोप, ९४.५ प्रतिशतले जिते काेराेना

काठमाडौं । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् । ९४.५ प्रतिशत नेपाली कोरोनामुक्त विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । रासस

कोरोना बीमाः १४ हजार बीमितले पाए १ अर्ब ३८ करोड

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५ सय ९७ जना बिमितहरु मध्ये १४ हजार १ सय ८४ जनाले भुक्तानी पाएका हुन् । बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २५ सय २१ जनाले कोरोना बीमा स्वीकृतीका लागि प्रक्रियामा छन् । यस्तै, ३ हजार १ सय ११ बिमितहरुको फाइल केन्द्रिय जनस्वास्थ्य केन्द्र टेकुमा प्रक्रियागत अवस्थामा रहेका छन् ।

बुधबार ७४३ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ७ हजार ५१५ पुगेकाे छ । नेपालमा आजसम्म १८ लाख ९० हजार ४७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९५२ जना निकाे भएसँगैं हालसम्म २ लाख ४६ हजार ६६१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १८०३ पुगेकाे छ ।