अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापन नहुन्जेलसम्म अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय तथा मन्त्रालय मातहतका विभाग, अस्पताल, प्रतिष्ठानलगायतका निकायमा कार्यरत कर्मचारीलाई यस्तो निर्देशन दिएको हो । सार्वजनिक बिदा दिनसमेत कार्यालयमा उपस्थिति हुन मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले ‘खोज, उद्धार तथा उपचारको सम्बन्धमा तोकिएका’ सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । त्यस्तै अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन भनेको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्देशन दिएको  । 

Share News