‘मुख स्वास्थ्य रहे अधिकांश रोगबाट बचिन्छ’
काठमाडाैं । तपाइँ मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ । ख्याल गर्नुस् है मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात् दाँतजन्य समस्याका कारण हुने गरेको विज्ञहरु बताउँछन् । मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठानेर हेलचेक्र्याँइ गरिए यसले अरु जटिल प्रकृतिका रोग निम्त्याउने गरेको छ । त्यसैले दाँतको उपचार र हेरचाहमा ख्याल गरेको खण्डमा अधिकांश रोग लाग्नबाटै बच्न सकिने चिकित्सकको भनाइ छ । दाँतको उपचारसम्बन्धी सरकारी तथा निजीस्तरमा खुलेका थुपै्र स्वास्थ्य संस्था र निकाय छन् । तर दाँत उपचारका लागि कहलिएको निजी क्षेत्रको ॐ समाज डेन्टल हस्पिटलको गुणस्तरीय सेवा र असहज परिस्थितिमा पनि गरिने उपचारले अस्पतालको सेवालाई अझ प्रभावकारी र सान्दर्भिक बनाएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड प्रत्यक्ष मुख स्वास्थ्यसँग जोडिएको विषय पनि हो । महामारी सर्ने डरले अहिले पनि धेरै दाँतका बिरामी उपचारका लागि पुग्न सकेका छैनन् । कोभिड मुख, नाँक र आँखाबाट सर्ने भएकाले पनि दाँतको समस्या आइहाले पनि कोभिड सर्ने डरले अहिले पनि धेरै बिरामी घरमै छन् । समयमा नै उपचार गर्न नपाए उनीहरुको समस्या थप जटिल बन्दै जानेमा विज्ञको चिन्ता छ । दाँतको उपचार भन्नासाथ मुख स्वास्थ्यसँग जोडिएकाले स्वभाविकरुपमा आम सर्वसाधरण अहिलेको महामारीमा त्रसित हुन्छन् नै तर अलिकति सावधानी अपनाएर उपचार गरिएको दीर्घकालीन जटिल समस्याबाट छुटकारा पाइने उनीहरुको धारणा छ । ॐ समाज डेन्टल हस्पिटलका संस्थापक अध्यक्षसमेत रहेका वरिष्ठ दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेले कोभिड कहरमा पनि अस्पताल जान नसक्ने र विभिन्न बाध्यतामा परेका बिरामीको घर, टोल, समुदायमा पुगेर उपचार सेवा दिलाए । जटिल प्रकारका बिरामीले पनि यो सेवाबाट लाभ लिए । कतिपय डर, त्रासले पनि अस्पताल गएनन् भने केहीले उपचारको मेसो नपाएर पनि हैरानी बेहोरेका बिरामीलाई डा घिमिरे विपद्को सारथी बने । दाँतको घुम्ती उपचारका रुपमा उपकरण र स्रोत साधन जडित एम्बुलेन्ससहित घरघरमा गएर उपचार गरे । महामारी नियन्त्रणका लागि विसं २०७६ चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरिएको थियो । करीब छ महिनापछि बन्दाबन्दी खुलेको थियो । कोभिडको सङ्क्रमण दर उच्च थियो । बिरामी डराउने वातावरणमा आम मानिसको बुझाइ फरक थियो नै चिकित्सक पनि त्रसिद हुने अवस्था थियो । असहज परिस्थितिमै उहाँले अभियान सञ्चालन गरे । असहज अवस्थामा समस्यामा परेका कतिपय बिरामीलाई घरघरमै पुगेर उपचार गरिएको उहाँले बताए । उनले भने, “डाक्टर पनि कोभिडका बिरामी देखेर भाग्ने अवस्था थियो । हामी संवेदनशील भएर मुख स्वास्थ्य महत्वपूर्ण छ, प्रमुख द्वार हो । जति पनि राम्रा–नराम्रा चिज खुमबाटै जान्छन् त्यसैले मुख स्वास्थ्यको केयर गर्नसके झण्डै ९० प्रतिशत रोग लाग्दैन र मुख स्वास्थ्यको केयर गर्दा शरीर स्वास्थ्यको बोनस प्राप्त हुन्छ भन्नेबारे जनचेतना जगाउन हामी अभियानका साथ लागेका छौँ ।” मुखलाई मात्र केयर गर्नसके कोभिडबाट पनि बच्न सकिन्छ । रोग प्रतिरोधात्मक क्षमता ‘इम्युनिटी पावर’ कमजोर भएका मानिसलाई कोभिडले बढी चाप्ने भएकाले स्वास्थ्य सावधानी अपनाएको खण्डमा बच्न सकिने उनको भनाइ छ । अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्सका साथ घरघरमा गएर बिरामीको उपचार गरेको थियो । बन्दाबन्दीको चार महिनाको अवधिमा करीब ७०० बिरामीको उपचार गरेको अस्पतालले कतिपय आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उपचार तथा औषधि वितरण गरिएको डा घिमिरेले जानकारी दिए । कोभिड हावाबाट नभई छुकको छिद्रा, खकार र सिँगानबाट सर्ने रोग भएकाले पर्याप्त जनचेतनाका साथै मास्कको प्रयोग र सेनिटाइजरको उपयोग सही ढङ्गले गरिए यसको जोखिमबाट बचिने उनको भनाइ छ । उनले बाहिर निस्कँदा, भिडभाड, बजारतिर जाँदा अनिवार्य मास्क लगाउनुपर्ने सुझाए । “कोभिड थुकबाट सर्च भने मास्क र फेस सिल्ड लगाउनुप¥यो । हामीले दाँतको उपचार गर्दा बिरामीको खुला मुखमा उपचार गर्नुपर्छ त्यसैले डाक्टरले स्वास्थ्य सुरक्षाका उपायसहित उपचार गरियो ।” कोभिडबाट बच्न तथा मुख स्वास्थ्य र मानव स्वास्थ्यको रक्षाका लागि नियमितरुपमा योगा अभ्यास, खानपिनमा ध्यान दिने, तारेका खानेकुरा नखान तथा चिनीको मात्रा कमगरी भरसक तातोपानीको प्रयोग गरी घाम ताप्ने जस्ता प्रक्रिया अपनाउँदा स्वस्थ्य शारीरिक लाभ हुने उनको भनाइ छ । बन्दाबन्दीको अवधिमा समाज अस्पतालले निरन्तर नियमितसरह उपचार गरेको थियो । सुविधासम्पन्न एम्बुलेन्समार्फत उपत्यकाका विभिन्न स्थानमा दाँतको उपचार गरिएको अस्पतालले जनाएको छ । मुख र दाँतमा केही समस्या छ भने निर्धक्कका साथ अस्पताल जान चिकित्सकको आग्रह छ । ‘जसको दाँत सवल, उसको जीवन सफल’ भन्ने नारासहित अस्पतालले प्रचारप्रसार र स्वास्थ्य सावधानीबारे सचेतना फैलाउने अभियानमा जुटेको छ । डा घिमिरेले भने, “खानेकुरा आफैँ ब्रस हो, यसले मुखलाई सफा गर्दछ, शरीरलाई सफा गर्दछ, शरीलाई आफैँ औषधि बनाउनुस् दबाईले त दबाउने काम मात्र गर्दछ, त्यसैले गोग अभ्यास, खानपिन, मानसिकरुपमा खुशी र सामाजिक सेवामा ध्यान दिनुस् भन्ने सन्देशसहित देशभर पुग्ने योजना छ ।” करीब २१ वर्षको अवधिमा ॐ समाज डेन्टल हस्पिटलको नैकाव, चाबहिल र बर्दिबासमा शाखा विस्तार भएको छ । आगामी दिनमा दक्ष जनशक्तिका साथ सेवालाई स्तरीकरण गर्दै आधुनिक उपकरणयुक्त बनाएर लैजाने अस्पतालको योजना रहेको छ ।
चितवनको कालिका नगरपालिकामा नगर अस्पताल सञ्चालन, भरतपुर जानुपर्ने बाध्यताको अन्त्य
चितवन । चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गरे । सो अवसरमा उनले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट शुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए । “ नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”,उनले भने, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।” विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ । चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए । रासस
मुटुको उपचार गर्न राजधानी धाउनुपर्ने मान्यतालाई तोड्दै चितवन मेडिकल कलेज, जटिल उपचारसमेत गर्न सफल
चितवन । जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौं नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो । मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौंको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरीसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिए । अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ । कलेजको मुटु विभागमा रेग्मीसहित प्रा डा श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत छन् । यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ । कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उनले जानकारी दिए । राजधानी काठमाडौंबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । सबै उमेर समूहका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गरे । विगत सात वर्षयता राजधानी काठमाडौंसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उनको भनाइ छ । न्यौपानेले भने, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौं ।” यो शल्यक्रिया सेवा शुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने एक लाख रुपैयाँ सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ । कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र अर्को २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ । न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताए । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो । रासस