स्वास्थ्य मन्त्रालयको सचिवमा डा. रोशन पोखरेल नियुक्त
काठमाडौं । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । आज (साउन ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज बसेको बढुवा समितिको बैठकले सचिव नियुक्तका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो । जसमध्ये मन्त्रिपरिषद्को बैठकले डा. पोखरेललाई सचिवमा नियुक्त गरेको हो । डा. पोखरेल झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका हुन् । यसअघि उनी मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए ।
माछापुच्छ्रे बैंकले महाराजगञ्जको सहिद गंगालालमा कोरोना विशेष वार्ड स्थापना गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना बिशेष वार्डको स्थापना गरिदिन लागेको हो । गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महशुस गरि बैंकले सो सम्बन्धि सहमती पत्रमा हस्ताक्षर गरेको छ । कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धि सम्झौता पत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका हुन् । सम्झौता पश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
साेमबार २ हजार ४४५ जनामा संक्रमण पुष्टि. ३२ जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ४४५ जनामा सक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । आज ७ हजमर ८३३ जनाको पिसिआर र ३ हजार ८३२ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो । यस्तै १ हजार २२५ जना पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।