बालबालिकामा काेभिडपछि हुन सक्ने जटिलता
काठमाडौं । हालसम्मको विश्वको तथ्याङ्क हेर्दा संसारमा बालबालिकामा अन्य उमेरको तुलनामा कोभिडको संक्रमण निकै कम देखिएको छ । यस्तै नेपालमा पनि अन्य उमेरको तुलनामा बालबालिका संक्रमण कम देखिएको छ । तर दोस्रो लहरसम्म आइपुग्दा बालबालिकामा पनि पहिलो लहरको दाँजोमा संक्रमण बढेको पाइएको छ । पहिलो लहरमा लगभग २ प्रतिशतमा संक्रमण दखिएको थियो भने दोस्रो लहरमा बढेर लगभग १० प्रतिशतमा पुगेको छ । र अब तेश्रो लहर अक्टोबररनोभेम्बर तिर आउने र बढी बालबालिका जोखिममा पर्ने अनुमान पनि गरिएको छ । बालबालिकामा कोभिडको लक्षण अन्य उमेरकोमाभन्दा हल्का पाइएको छ र कतिमा संक्रमणको कुनै लक्षण नै देखिएको छैन । तर कोभिडले बालबालिकामा जटील रूप पनि लिन सक्छ र ज्यानसम्म पनि जाने हुन सक्छ । र त्यो जटिलता मध्ये एमआइएससी एउटा ठूलो जटिलता हो र अहिले नेपालमा पनि यो बढेको पाइएको छ । एमआइएससी के हो ? एमआइएससी भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु , फोक्सो , मृगौला , मस्तिष्क , आँखा ,छाला , पेटरआन्द्रा हरु सुनिने हुने हुन्छ । अहिलेसम्म यसको यकिन कारण थाहा भइनसकेको भएपनि यो समस्या कोभिड संक्रमित भएका वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । यो सबै उमेरका बच्चामा र त्यसमा पनि विशेष गरेर ३ देखि १२ वर्ष र औसत ८ वर्षका बच्चामा बढी पाइने गरेको छ । यो कहिले हुन्छ ? कोभिड संक्रमित भएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको २ देखि ६ हप्ता भित्रमा हुन्छ । बच्चामा कोभिडको कुनै पनि लक्ष्यण नदेखिकन पनि एमआइएससी देखिन सक्छ । यो किन हुन्छ ? कोभिड संक्रमित भएको २र३ हप्ता पछि हुन सक्ने प्रतिरोधात्मक शक्ति अनियन्त्रणको कारणले यो हुन्छ। यो विरलै देखिए पनि यो एउटा गम्भीर र ज्यान पनि लिन सक्ने अवस्था हो । तर यदि समयमै यसका लक्षण थाहा पाएर समयमै आफ्नो बालरोग विषेशज्ञसँग वा अस्पतालमा सम्पर्क गरे यसको निदान र उपचार समयमै हुन सक्छ र यसको जटिलता कम गर्न सकिन्छ । यसका लक्षणहरू के के हुन ? ज्वरोसँगसँगै यो रोगमा थप यस्ता लक्षणहरु छन्- १. आँखा रातो हुनु २. ओठ र जिभ्रो रातो हुनु ३. घाँटी दुख्नु ४. शरीरमा रातो डाबर आउनु ५. पेट दुख्नु ६. उल्टी वा पखाला हुनु ७. अत्यधिक थकान लाग्नु ८. साँस फेर्न गाह्रो हुनु ९. टाउको दुख्नु के के जाँच गरिन्छ ? १. रगतको जाँच २. इको ३. छातीको एक्स(रे ४. युएसजी एब्डोमिन अवस्था हेरेर अन्य थुप्रै जाँच हरु गर्नु पर्ने हुन सक्छ र यी जाँच हरु अवस्था हेरेर पटक पटक गर्नुपर्ने पनि हुन सक्छ। यसको उपचार कसरी गरिन्छ ? अवस्था हेरेर गम्भीर प्रकृतिको भए पिआइसियुमा अथवा गम्भीरता कम भए वार्डमा राखेर उपचार गरिन्छ । समयमै उपचार जरुरी हुन्छ । बालबालिकालाई कोभिड संक्रमण बाट जोगाउन अपनाउनु पर्ने विधि अपनाएर कोभिड संक्रमण हुन नै नदिनु नै एमआइएससीबाट बच्ने सर्वप्रथम उपाय हो । तर समयमै उपचार भए निको पार्न र जटिलता कम गर्न सकिने भएको हुँदा एमआइएससीको जस्तो लक्षणहरु देखिने बित्तिकै आफ्नो बालरोग विषेशज्ञ सँग वा अस्पतालमा सल्लाह लिन जरुरी छ । (लेखक नवजात शिशु तथा बालरोग विषेशज्ञ हुन् ।)
चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
चितवन । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ । त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिए । हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताए । उनले भने, ‘समग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।’ जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भने, ‘खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।’ उनले अगाडि भने, ‘आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।’ राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उनले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गरे । यसैबीच साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ । यस्तै साउन १४ गतेदेखि जन्सनको खोप लगाउन शुरु गरिने तिवारीले जानकारी दिनुभयो । उनका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जन्सन खोप लगाइने छ । अबका दिनमा खोप अभियान नियमित हुने भएकाले खोप तालिकाको प्रचारप्रसार र खोप केन्द्रको व्यवस्थापन सम्बन्धित पालिकामा रहेको नगर खोप समन्वय समिति नै गर्ने छ । यस्तै वडा खोप समन्वय समितिले सम्बन्धित वडाको खोपको व्यवस्थापन र प्रचारप्रसार गर्ने तिवारीले बताए । रासस
जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पुर्याउने देउवाको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पुर्याउने प्रतिवद्धता जनाएका हुन् । ‘कोरोना खोप सरकारको प्राथमिकता हो, मैले सबै नेपालीलाई कोरोना खोप पुर्याउन गरेको बाँचा पूरा गरि छाडने छु, हामी ऋण लिएर जति महंगो भएपनि नेपाली जनतालाई कोरोना खोप पुर्याउने छौं । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो बाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यस बीचमा सत्ता साझेदार दलहरुसँग मिलेर जनताले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सारे । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेताहरुसँग छलफल गरेर जनताले अनुभूति गर्ने खालका कामहरु गरेर देखाउनु उनको भनाई थियो । प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्ष समेत रहनु भएका एमाले संसदीय दलका नेता सुवाष नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप समेत लगाउनु भयो । संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढि थाहा भएपनि उहाँले त्यसको व्याख्या गलत ढंगले गरेको प्रधानमन्त्री देउवाको तर्क थियो । “विपक्षी दलका नेता हुुनुहुन्न, पूर्व सभामुख नेम्वाङपनि आफूले बोलेको जवाफ नसुनि हिँडनु भयो, त्यो संविधानमा ७५ (५) किन लेख्नु भयो ? भनि प्रश्न सोध्नेवाला थिए, उहाँ सभामुख हुुनुहुन्थ्यो, संविधान जारी गर्ने बेला के बोल्नु भएको थियो भने- अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन, म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु, यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानु भयो,’ उनले भने । प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरुलाई ह्वीप नलगाएको दावी समेत गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमाले लगायतका सबै दललाई अनुरोध गरेको हुँ ।’ प्रधानमन्त्री देउवाले भने, ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर नेम्वाङले उल्टो कुरा गर्नु भयो ।’ त्यस अवसरमा उहाँले आफूलाई विश्वासको मत दिने सबै सांसदहरुलाई धन्यवाद समेत दिए ।