क्युआर काेडसहितकाे खाेप लगाएकाे विद्युतीय प्रमाण पत्र दिन सुरु
काठमाडौं । सरकारले क्युआर कोडसहितको खोप लगाएको विद्युतीय प्रमाण पत्र दिन सुरु गरेको छ । सरकारले किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुरवेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजदेखि क्युआर कोडसहितको खोप लगाएको विद्युतीय प्रमाण पत्र दिन सुरु गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेश जानेहरुको लागि किर्तिपुरबाट क्युआर कोडसहितको खोप लगाएको प्रमाण पत्र दिन सुरु गरेको र विस्तारै सबै स्थानबाट यस सेवा सुरु गर्ने जनाएको छ ।
देशभर साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने
काठमाडौं । देशभर साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साउन २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हाे । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै असार २९ गतेदेखि संचालन भएकाे खाेप अभियानमा ५५ वर्ष र साेभन्दा माथिका व्यक्तिहश्रलाई पहिलो मात्रा लगाई २१ दिन पुरा भएका अवस्थामा दोस्रो मात्रा दिइने जानकारी दिएकाे छ । यस्तै मन्त्रालयले खाेप लगाउन बाँकी रहेकाहरुलाई मन्त्रालयकाे वेबसाइट https://vaccine.mohp.gov.np/ मा गई प्रि रजिष्ट्रेसन फारम भर्न अनुराेध पनि गरेकाे छ । यस अघि खाेप लगाइएका स्थानबाट नै उक्त दाेस्राे मात्र दिइने मन्त्रालयले जनाएकाे छ ।
अब नेपालमा पनि खोप उत्पादन गर्न पाइने, सरकारले दियो अनुमति
काठमाडाैं । अब नेपालमा पिन काेराेना विरुद्दकाे खाेप उत्पादन गर्न पाइने भएकाे छ । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हाे । सरकारकाे याे निर्णयिसँगै अब नेपालमा पनि खाेप उत्पादन गर्न चाहने कम्पनीहरुले खाेप उत्पादन गर्न पाउनेछन् । नेपालसँगै खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीले पनि अब स्वीकृति पाउनेछन् ।