मंगलबार ६६६ जनामा देखियाे काेराेना संक्रमण, ११ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ हजार २० जनामा परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा आजबाट एस्ट्राजेनिका खोप दिन सुरु, तीन दिनसम्म लगाइने

काठमाडाैं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई कोभिसिल्ड लगाउन थालिएको हो । एस्ट्राजेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको खोप हुन् । उनका अनुसार काठमाडौं जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो । काठमाडौं महानगरपालिकाको वडा बाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइने छ । करिब ८६ हजार १४२ जनालाई यसचरणमा खोप प्रदान गर्न थालिएको हो ।

साेमबार ७७६ जनामा काेराेना पुष्टि, १३ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० हजार ८ सय ६४ जनामा परीक्षण गर्दा  ७७६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन् ।