प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै
जनकपुर । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ । गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
साढे १ कराेड लगानीमा क्षेत्रपाटी चिकित्सालयको अक्सिजन प्लान्ट सञ्चालन, उर्जामन्त्रीले गरिन् उद्घाटन्
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शनिबार विहान काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छन् । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाईटेड नेवा, आईओएनलगायतका दर्जनबढि संस्था तथा व्यक्तिको सहयोगमा मध्य काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको आज औपचारिक उ्दघाटन गरिएको हो । क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले एक करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै बढ्दो कोरोना महामारीका विरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्व तयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री भुसालले क्षत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिईन् । मन्त्री भुसालले निःशुल्क चिकित्सालयलाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रक्रिया अघि बढाउने आश्वासन दिएकी छिन् । मन्त्री भुसालले यही मंसिर १ गतेदेखि देशैभरिका गरिब जनता, जसले मासिक २० युनिट विद्युत खपत गर्दैनन्, उनीहरुलाई विद्युत निःशुल्क उपलब्ध गराइएको जनाउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पारिन । कार्यक्रममा काठमाडौं महानगरपालिका वडां १७ का अध्यक्ष नविन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए । कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताए । कार्यक्रममा अक्सिजन प्लान्टका लागि सहयोग गर्ने मुख्य दातृ संस्था दया फाउण्डेशनका संस्थापक सदस्य कीपा माथेमाले क्षत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा पु¥याइरहेको सहयोगमा थप बल पुर्याउन अक्सिजन प्लान्टको लागि सहयोग संकलन गर्ने अभियानको नेतृत्व गरेको जानकारी दिईन् । कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सबै दाताहरुको सामूहिक भावनाको कारण अक्सिजन प्लान्ट जडान गर्न सम्भव भएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले नयाँ बन्दै गरेको भवनका लागि समेत अक्सिजनको अभाव नहुने गरी व्यवस्थापन गरिएको जानकारी दिए । साथै अध्यक्ष श्रेष्ठले उक्त अक्सिजन प्लान्टले अस्पताल अक्सिजनमा आत्म निर्भर भएको बताउँदै आगामी दिनमा निःसहाय, गरिब र न्यून आय भएका जनताको सेवामा अझै दृढ भएर समर्पित हुने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा क्षत्रपाटी निःशुल्क चिकित्सालयले यही पुस १ गतेबाट शनिबारका दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ । अस्पतालले सामान्य शल्यक्रिया समेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवा समेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । अस्पतालका अनुसार अक्सिजन प्लान्ट स्थापनाको लागि युनाईटेड नेवा नामक संस्थाले १५ लाख, आईओएनले २० लाख, नेपाल परिवार जर्मनले पाँच लाख, एनआरटी क्लवले पाँच लाख, ढल्को परिवारले तीन लाख, हातेमालो बनस्थलीले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।
६७ देशबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो
काठमाडौं । विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाइएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म हटाइएको हो । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । ‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन् ।’ यसअघि शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो । यी हुन् ६७ देशः