नर्भिकमा पुस महिनाभरी यूरोलोजी टिमको फ्री ओपिडी हुने, पत्थरीको शल्यक्रियामा विशेष छुट

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ । यही योजनाअनुसार शनिबार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिafर बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् । नर्भिकले अस्पतालमा उपलब्ध मृगौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ । नर्भिक अस्पतालमा सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पिसीएनएल तथा अल्ट्रा मिनी पिसीएनएल उपलब्ध छ । यस्तै, घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध छ । निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीहरुले माथि उल्लिखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।

मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा अध्ययन गर्न स्वास्थ्य समितिको निर्देशन

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो । त्यस्तै समितिले शिक्षा सम्बन्धि विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । यस अघिपनि मेडिकल कलेजमा शुल्क बढी लिएको विषयमा विवाद भएको भन्दै सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । सभापति घर्तीले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिईएको जानकारी दिईन । त्यस्तै, बैठकले यसअघि नै समितिले एसईई परिक्षा नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

दार्चुला जिल्ला अस्पताल ५० श्ययाको बनाइने

दार्चुला । जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिए । जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगीले भने,’जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ । भवन बहुउपयोगी बन्नेछ ।’ २०७० सालको बाढीले अस्पतालको भवनलाई क्षति पुर्याएको थियो । अस्पतालको जमिन बाढीले बगाएपछि अहिले जमिन अभाव छ । भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको उनले बताए । निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफूलाई कार्यक्षेत्रमा खटाएको जानकारी दिए । भवन चार तलाको भवन बन्ने छ । यसका लागि २६ करोडमा ठेक्का सम्झौता भएको छ । अहिले अस्पताल २९ श्यया सञ्चालनमा छ । रासस