६५५ पालिकामा अस्पताल बन्दै, भटाभट बजेट निकासा
काठमाडौं । सरकारले देशभरका सबै स्थानीय तहमा अस्पताल बनाउने नीति लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अधिकांश स्थानीय तहमा स्वास्थ्य संस्था बनेका छन् । सरकारले सार्वजनिक गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न अस्पताल नभएका सबै स्थानीय तहमा जनसंख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल बनाउने कार्यक्रम रहेको छ । यही अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष मंसिरमा ३९६ अस्पताल र यस वर्ष २५९ स्थानिय तहमा अस्पताल शिल्यनाश गरेको छ । मन्त्रालयको सहप्रवक्ता डा समिरकुमार अधिकारीको अनुसार ७५९ स्थानिय तहमध्ये करिब १७ वटा स्थानीय तहमा मात्र अब अस्पताल बन्न बाँकी छ । सबै स्थानिय तहमा स्वास्थ्य उपचार सेवा पुर्याउने उदेश्यका साथ मन्त्रालयले पहिलो चरणमा गत मंसिर १५ गते एकैपटक ३९६ मध्ये ३०९ स्थानीय तहमा र यस वर्ष २५९ स्थानिय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको सहप्रवक्ता अधिकारीले बताए । एकैपटक भव्य रुपमा सरकारले यति धेरै स्थानिय तहमा पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखबाट गरेको शिल्यनाशको काम कतिसम्म अगाडि बढ्छ भन्ने सबैको चासोको विषय बनेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको अनुसार गत वर्ष शिल्यनास भएका ३९६ अस्पतालमध्ये २६० अस्पताल टेण्डरको प्रकृया पुरा भइसकेको छ । उक्त २६० अस्पताल मध्ये २३० अस्पतालको सम्झौता भइ काम अगाडि बढिसकेको छ जसमा १४२ अस्पतालहरुको लागि रकम निकासा भइसकेको छ । सहप्रवक्ता अधिकारीको अनुसार प्रदेश १ मा टेण्डर प्रकृयामा गएका ६३ अस्पतालमध्ये ५९ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ भने ३३ अस्पतालको लागि रकम निकासा गरिसकिएको छ । यस्तै प्रदेश २ मा टेण्डर प्रकृयामा गइसकेको ३० अस्पतालमध्ये २६ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ जसमा १३ अस्पतालको लागि रकम निकासा भइसकेको छ । मन्त्रालयबाट प्राप्त डाटा अनुसार बागमति प्रदेशमा टेण्डर प्रकृयामा गइसकेको ३१ अस्पतालमध्ये २७ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ जसमा १८ अस्पतालको लागि रकम निकासा भइसकेको छ । गण्डकी प्रदेश टेण्डर प्रकृयामा गएका २३ अस्पतालमध्ये २० अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ भने १३ अस्पतालको लागि रकम निकाका गरिसकिएको छ । लुम्बिनी प्रदेश टेण्डर प्रकृयामा गएका ४७ अस्पतालमध्ये ४६ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ भने ३५ अस्पतालको लागि रकम निकाश गरिसकिएको छ । कर्णालीमा टेण्डर प्रकिृयामा गइसकेको २३ अस्पतालमध्ये १६ वटामा काम सुरु भइसकेको छ भने सुदुरपश्चिममा टेण्डरमा गएका ४३ मध्ये ३६ को काम सुरु भइसकेको छ । अर्थमन्त्री विष्णु पौडेलले ललितपुरको गोदावरी नगरपालिकाको उद्घाटन गरेको १५ शय्याको अस्पताल भवनको भन जग्गा नै नमिलेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । महर्जनको अनुसार हाल जग्गाको फाइल भुमि सुधारमा अड्किरहेको छ । ‘अस्पतालको लागि विद्यालय र सार्वजनिक जग्गा परेको छ । सार्वजनिक जग्गाको काम भइसक्यो तर विद्यालयको जग्गा मिल्न बाँकी छ । यो प्रकिृया धेरै लामो रहेछ । १ वर्ष भइसक्यो । अझै छिटो भए दुई महिना लाग्छ यस कामको लागि,’ उनले भने । महर्जनले नगरपालिकाको तर्फबाट सबै भइसकेको र अर्थ मन्त्रालयले काम अड्काइरहेको बताए । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले तीन ठाउँमा गरेको शिल्यनासको काम भने धमाधम अगाडि बढेको छ । नेता खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गरेका थिए । माइ नगरपालिकामा अस्पतालको काम करिब ४० प्रतिशत पुरा भइसकेको नगरपालिकाका नगर प्रमुख दिपक कुमार थेवेले बताए । थेबेको अनुसार इलामको १० नगरपालिकामध्ये सबैभन्दा छिटो काम माई नगरपालिका र चुलाचुली नगरपालिकामा भइरहेको छ । ‘हाम्रो नगरपालिकाको अस्पताल बन्ने काम द्रुत गतिमा भइरहेको छ । हाम्रो अब वैशाख जेठसम्म अस्पताल बनिसक्छ होला,’ उनले भने । सुर्योदय नगरपालिकामा पनि ठेक्का लागेको एक महिना पुगेको उप मेयर दुर्गा देवी भण्डारीले बताइन् । काम फटाफट भए ६ देखि ८ महिनामा काम पुरा हुने उनले बताइन् । यस्तै सन्दकपुर गाउँपालिकामा पनि अस्पतालको भवन निर्माण ठेक्का प्रकृयामा गइकन काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष उदय राइले बताए । ‘निर्माणको काम सुरु भएको २ महिना भएको छ । पहाड भएर तराइ जस्तो काम गर्न सजिलो छैन । हाल घडेरी खन्ने काम सम्पन्न भएर पिलर राख्ने काम हुँदैछ,’ उनले भने । दोस्रो चरणका २५९ अस्पताल सरकारले यस वर्ष थप २५९ स्थानिय तहमा अस्पतालको शिल्यनाश गरी काम अगाडि बढाइसकेको छ । सहप्रवक्ता अधिकारीको अनुसार २५९ अस्पतालमध्ये १३३ अस्पताल प्रकृयामा आइसकेका छन् जसमा ८२ वटा डिपिआर निर्माणको लागि अगाडि बढिसकेका छन् जसमा ४२ वटाको डिपिआर पास भइ त्यसमध्ये ३३ जनाले बजेट प्राप्त गरिसकेका छन् । स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ शय्याका रहेका छन् । मन्त्रालयले नगरपालिकामा १५ शय्या र गाउँपालिकामा हेरेर पाँच र १० शय्याको अस्पताल भवन बनाइरहेको छ । मन्त्रालयले पाँच शय्याको लागि आठ करोड, १० शय्याका लागि ११ करोड र १५ शय्याका लागि १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअघिको स्वास्थ्य मन्त्रालयको डाटा अनुसार नेपालको कुल ७५९ स्थानिय तहमध्ये ६४९ स्थानिय तहमा अस्पताल छैनन् ।
यो हो कोभिड-१९ बारेको भ्रम र तथ्य
काठमाडौं । कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ । कोरोनाभाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ । जुन तथ्यहिन र प्रमाणबिहिन कुराहरु रहेका छन । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ । हाल नेपालमा ४० प्रतिशत भन्दा बढिले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् की मैले पूर्णरुपमा खोप लगाएको छु मलाई कोभिड–१९ संक्रमण हुदैन भन्ने छ । र पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुबै मात्रा खोप लागाइसकेकोले आफूलाई कोभिडको जोखिम नहुने भन्दै सामाजिक दुरी पालना नगर्ने, माक्सको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भिडभाड जन्ने प्रवृति गर्ने र भिडभाडमा जाने जस्ता प्रविधिहरु भैरहेको पाइएको छ । यस्तो भ्रम जन्य कुराहरुको पछि नलागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने गरौ किनकी अहिले कोभिडको जोखिम पहिले संक्रमित भएका बिरामीलाइ र दुवै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्भिरता कम देखिएता पनि पुन कोभिडको संक्रमण दोहोरिरहेको छ । त्यसैले अहिलेको अवस्थामा बच्ने उत्तम तरिका भनेको सामाजिक दुरी कायम गर्ने र माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउने हो । नेपाल सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुुस्टर डोज कोभिड विरुद्ध कतिको लाभ दायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरापनि आउन सक्छ । यसबारेको तथ्य केहो भने जब हामीले पूर्ण २ डोज नै खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिड विरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने विश्वास राखिएको छ । केही समय अगाडि कोभिडको बिरामीदर कम हुदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरी पनि कोभिडका बिरामीहरु चाप दिनप्रति दिन बढ्दै गएको पाइन्छ । अस्पतालमा रुघा खोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका विरामीहरु बढ्दो छन र उनीहरुलाई कोभिडको शंङ्का देखिदै गर्दा पनि कोभिडको परिक्षण गर्न लगाउँदा नमान्ने, हिचकिचाउने पहिलेको जस्तो परिक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउँछु भन्ने खालको अवस्था थियो । चेकजाँच गर्नका लागि आफै गएर गर्थिए भने अहिले त्यो अवस्था छैन अहिले अस्पतालमा आउने ९० प्रतिशत भन्दा धेरैमा लक्षणहरु देखिएर आएका विरामीलाई कोभिड–१९ परिक्षण गर्न लगाउदा नमान्ने गरेको पाइन्छ । कोभिड हुनको लागि मेरो नाकले बास्ना थाहा पाउन छाड्न पर्याे कि खानको स्वाद थाहा पाउन छाड्न पर्यो अनि मात्र मलाई कोभिड १९ हुन्छ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ । तर, यति मात्रै होइन । कोभिड-१९ को नयाँ नयाँ भेरियन्ट्सहरुको लक्षणहरु फरक फरक रहेका छन् । ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका विरामीहरुलाई पनि कोभिड १९ को संक्रमण भएको पाइएको छ । कोभिड १९ संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुदैन । कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाइसकेको भयता पनि उनीहरुलाई संक्रमण देखिन सक्छ । खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिने भएकाले उनीहरुले चिकित्सकको सल्लाह बमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षण अनुसारको औषधीहरु सेवन गर्ने र धेरैमात्रामा तातो झोलिलो चिजहरु खाएर घरमै आराम गर्याे भने पनि ठिक हुन्छ । अहिले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रम जन्य टिप्पनीहरुलाई गलत प्रयोग गर्ने र आफैल प्रेस्कीप्सन बनाएर २, ३ थरिका एन्टिबायोटिकस, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठिक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठुलो भ्रम हो । अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधी बनेको छैन । यो नबन्दै गर्दा कुनैपनि किसिमको भ्रमतामा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधी जन्य कुराहरु नखाने र चिकित्सकको सल्लाह सधै लिने गर्नु पर्छ । त्यस्तै, हामी वर्षेनी भाइरल इन्फुइन्फलुन्जा भ्याक्सिन लागाउछौँ । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी ज्वरोबाट बचाउँछ । यस्को फाइदा के छ भने हामीलाई थाहा भएकै कुरा हो, कोभिडको सुरुवाती चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाएपछि मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ ।
बंगलादेशमा ३ महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए
ढाका । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् । पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वस्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन् । पछिल्लो हप्तामा यहाँ यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको बताएका छन् । उनीहरुका अनुसार यहाँ आइतबार मात्र ५५७ जनामा यो सङ्क्रमण बढेको बताइएको छ ।यो बृद्धिदर २।९७ हो । आइतबारको मात्र संक्रमित दर यतिधेरै देखिएको र यो गएको तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् । हालसम्म बंगलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै यहाँ २८ हजारभन्दा बढी मानिसको यो सङक्रमणबाट मृत्यु भएको बताइएको छ । यहाँ पछिल्लो समयमा एक घातक भाइरसका रुपमा देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन ।