नर्भिकमा अक्टोबर महिनाभर स्तन परीक्षण गराउँदा छुट

काठमाडाैं । स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि स्तन परीक्षण (म्यामोग्राम) गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारि छुट दिने भएको छ । ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो । अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेको अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले बताए । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा १० प्रतिशत छुट पाइने

काठमाडाैं । दशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो । अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो । सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

नेपालमा ६० प्रतिशतले घट्यो कोरोना सङ्क्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए । साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्नु सङ्क्रमण घट्नुको अर्को कारण भएको उनको भनाई छ । शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय सङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए । यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् । नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेशन, एक हजार १७२ जना संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा रहेका छन् । रासस