एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति

काठमाडौं । एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले बताएकी छिन् । बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धीत लान्छना तथा भेदभाव न्युनिकरणका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएकी हुन् । ‘७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती प्रसुति ,सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा सकेका छैनन्,’ डा. देवकोटाले भनिन्, ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुदाँ पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएका छ ।’ डा. देवकोटाले यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने बताईन् । डा. देवकोटाले भनिन्, ‘नयाँ एचआईभीका संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुले स्वास्थ्यसम्बन्धी सुधार ल्याउँने र एचआईभी संक्रमित तथा मुख्य समुहहरुमा एचआईभी सम्बन्धित असमानताहरुमा कमी ल्याउँने रहेको लक्ष्य रहेको छ ।’ आर्थिक वर्ष २०७७/०७८ मा ५६ करोड ४८ लाख ८५ हजार थियो । भने २०७८÷०७९ मा ५६ करोड ५२ लाख थियो र तर यस आर्थिक वर्ष २०७९÷०८० मा ५५ हजार ९७ लाख बजेट रहेको केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिईन् । डा. देवकोेटाले पहिलाको तुलनामा बिरामीको संख्या बढ्दै गएको तर बजेट भने घटेको बताइन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल एचआईभी एड्सका अनुमानित ३० हजार संक्रमित रहेका छन् । जसमा महिलाभन्दा पुरुष बढी छन् । पुरुष १६ हजार ४०० रहेका छन् । जुन ५५ प्रतिशत रहेका छन् । भने महिला १३ हजार ६०० रहेका छन् । १४ बर्षमुनिका बालबालिकाहरु १२ सय रहेका छन् । जुन ४ प्रतिशत हो । हरेक वर्ष ६८० नयाँ एचआईभी संक्रमित थपिने गरेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिईन् । डा.देवकोटाका अनुसार एचआईभीबाट मृत्यु ५१० जनाको भएको छ । त्यसैगरी, एचआईभी संक्रमित गर्भवती महिलाहरुको संख्या (जसलाई आमाबाट बच्चामा हुने संक्रमणको निवारण गर्ने सेवाको आवश्यकता छ) २०० जना रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छडा.देवकोटाले भनिन्, ‘एचआईभीको उच्च जोखिममा सुईको प्रयोग गर्ने, यौनकर्मी र पुरुष समलिङगी र तेस्रो लिङगीमा बढी पर्दछन् ।’ सरकारले फर्मासिस्ट थप दरबन्दीको व्यवस्था र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने देखिएको डा. देवकोटाले जानकारी दिइन् । केन्द्रकी निर्देशक डा. देवकोटाका अनुसार एचआईभी रोकथाम कार्यक्रहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समुहहरुलाई प्राथमिकतामा राखि समयमा नै सेवा पुर्याउँनुपर्ने र प्रदेश, स्थानीय स्तरका प्रयोगशालामा क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन बजेट, पुर्वाधार लजिस्टिक्स र आपुर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ । डा. देवकोटाले ‘नेपालबाट २०३० सम्ममा एचआईभी एड्स उन्मुलन गर्ने सरकारको लक्ष्य छ ।’ कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ ।’ त्यसैगरी, कार्यक्रममा इपीक नेपालका राजेश खनालले हामी पहिला कुन समुदायमा एचआइभी संक्रमित छन् त्यो समुदाय खोज्ने गरेको बताए । ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गदै आएको छ,’ खनाले भने, ‘हामीले सातै प्रदेशमा ३७ जिल्लामा रहेका छन् । भने ३८७ नगरपालिकामा यो संस्थाले सेवा दिदै आएका छौं । ’ खनालका अनुसार पहिला पहिला एचआईभी एड्स रगतबाट जाँच गरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण भईरहेको छ । त्यसैगरी, कार्यक्रममा सेभ द चिल्ड्रन सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिने बताए । यो संस्थाले मुख्य चार तहमा काम गदै आएको समेत जानकारी दिए । वन्तले भने,‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन गरिरहेका छौं ।’ वन्तका अनुसार महिला एचआईभी पोजेटिभका लागि लक्षित गरेर काठमाडौं, ललितपुर, भक्तपुर , पोखरा र सुनसरी जिल्ला गरी पाँच जिल्लामा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘सबैभन्दा बढी बैदेशिक रोजगारीमा जाने २० वटा जिल्ला छानेर हामीले एचआईभीका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं , राष्ट्रिय रणनिति अनुसार १२ वटा जिल्लाका १३ वटा कारागारमा एचआईभीका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ वन्तलेभने, ‘एचआईभीकालाई लाछ र विभेद न्युनिकरणका लागि केटालाईटिक फन्डिङका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं, जुन ५५ जिल्लामा सञ्चालन भईरहेको छ ।’ सेव.द. चिल्ड्रनले वैदेशिक रोजगारीमा भारत लगायत देश गएर आएका जिल्लामा नेपाल हेल्थ सोसाईटीबाट कार्यक्रम सञ्चालन गरिरहेको छ । सेव द चिल्ड्रनले भारतबाट आएकाहरुलाई एचआईभीसँगै क्षयरोगको पनि परीक्षण गर्ने गरिएको वन्तको भनाई छ । कार्यक्रममा ए.एच.एफका अजित पौडेलले एआरटी सेवामा आउँन सहयोग गर्ने गरेको बताए । पौडेलले यस संस्थाले एआरटी सेवा लिईरहेकालाई औषधी लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए । एआरटी सेवा लिन जानआउँन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भए पनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको समेत उनले जानकारी दिए । पौडेले भने, ‘जोखिम न्युनिकरणका लागि व्यवहार परिवर्तनका लागि शिक्षा दिने काम गईरहेका छौं ।’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले एचआईभी संक्रमितलाई गरिनें विभेद र लान्छना ससबै समुदाय मिलेर घटाउँन सकिने बताए । डा. सिंहले भने, ‘एक जना मात्र लागेर हुदैंन सबै समुदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ ।’ स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले आम जनमानसमा एचआईभी एड्स तथा यौनबाट संक्रमितहरुमाथि समाजमा अझ पनि भेदभाव र लान्छना लगाउने कार्य जारी रहेको भन्दै त्यसको न्युनिकरणका लागि सरोकारवाला पक्षसंग मिलेर छलफल चलाएको बताए । उनले भेदभाव तथा लान्छनाकै कारण अहिले पनि करीब एक तिहाई संक्रमितहरु उपचारको पहुँच बाहिर रहेको बताउँदै सञ्चारमाध्यम ती भेदभाव र लान्छना कम गर्न सहयोगी हु नसक्ने धारणा राखे ।

मुटु दिवसको अवसरमा नर्भिकमा एक महिना हेल्थ प्याकेजमा छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे९विश्व मुटु दिवस०को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो । हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । अस्पतालको अनुसार छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले यो छुट पाउने छन् । विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसी लगायतका जाँचहरु रहेको छ । यसपटकको विश्व मुटु दिवस ‘यूज हर्ट फर एभ्री हर्ट’को थिममा विश्वभर मनाइँदैछ ।

दन्त उपचारमा डिजिटल स्क्यानर प्रविधि,बिरामी र डक्टरलाई सजिलो हुने

चितवन । यहाँको साईराम डेन्टल केयरले दन्त उपचारमा पछिल्लो पटक विकास भएको अत्याधुनिक उपकरण भित्र्याएको छ । डिजिटल डेन्टल स्क्यानर भित्रिएसँगै उपचारमा सहजता भएको हो । नेपालमा भर्खरै भित्रिएको यो प्रविधि उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । डेन्टल केयरका सञ्चालक डा सरु थापा न्यौपानेले डेन्टल स्क्यानरको माध्यमबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने बताए । उनका अनुसार विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्नेलगायत जुनसुकै काम गर्नुपरेमा हातैले नापो लिनुपर्ने, नापो अनुसार ल्याब प्रयोगशालामा पठाउनुपर्ने हुन्थ्यो । प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीँ नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको डा न्यौपानेको भनाइ छ । उनले भने, ‘डिजिटल डेन्टल स्क्यानरले बिरामीलाई एउटै कुर्चीमा राखेर दाँत र मुखको सम्पूर्ण स्क्यान गर्न मिल्छ ।’ यो प्रविधिबाट उपचार गर्दा समयको बचत साथै बिरामी र चिकित्सकलाई सहज हुने उनको भनाइ छ डा न्यौपानेले थपे, ‘दाँत कीराले खाएको छ कि छैन ? गिँजाका समस्या के छ ? मुखमा घाँउ खटिरा के छ ? मुखमा क्यान्सर हुने अवस्था छ कि छैन ? भन्ने कुरा कम्प्युटरको स्क्रिनमा हेरेर थाहा हुुन्छ ।’ विगतमा दाँतको नापो लिएर प्रयोगशालामा पठाउनुपर्ने हुँदा एक दुई दिन समय कुर्नुपर्ने भए पनि अब लामो समय कुर्नु नपर्ने डा न्यौपानेले बताए । डा न्यौपानेले भने, ‘ईमेलमार्फत् प्रयोगशालामा पठाइएको स्क्यान विवरणका आधारमा तत्कालै क्राउन, ब्रिज, दाँत तयार हुन्छ । छोटो समय हुने बिरामीलाई धेरै समय कुर्नु नपर्ने भयो ।’ कुनै बिरामीको दाँत राख्नु पर्ने छ वा दाँतमा कभर राख्नु छ भने पनि सही नापो यसबाट पत्ता लगाउन सकिने उनको भनाइ छ । बिरामीको ईम्प्लान्ट राख्न पनि हातले गर्दा जोखिम हुने बताउँदै उनले स्क्यान डाटाको आधारमा प्लान गरेर बिरामीको मुखमा ईम्प्लान्ट राख्न सहज हुने बताए । उनले भने ‘भोलिका दिनमा बिरामीलाई पुनः बोलाउनुपर्ने समस्या पनि हुँदैन । कुनै बिरामी विदेशमै भए पनि उसको कम्प्युटरमा रहेका विवरणका आधारमा दाँत, ब्रिज, क्राउन तयार गर्न सकिन्छ ।’ २१ औँ शताब्दीमा डिजिटल डेन्टिस्ट्रि प्रविधि अनिवार्य भइसकेको छ डा न्यौपानेको भनाइ छ । उनले भने ‘बिरामीलाई सहज र सरल तरिकाले सेवा दिन यो प्रविधि अति नै उपयोगी छ ।’ अमेरिका युरोप जस्ता देशमा अहिले यही प्रविधिको प्रयोग भइरहेको उनले बताए । रासस