विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि सम्मानित
काठमाडौं । विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा।लि। र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जिभि अनलाईन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो । नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ कन्फरेन्स समारोहमा उक्त अवार्ड दिइएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन आयोजना भएको उक्त कन्फरेन्स्मा ५० हजार राशीको उक्त अवार्ड हेल्थ एट होभका तर्फबाट दिएको गरेको हो । जिभि नेपाल स्वास्थ्य सेवाको लागि समर्पित नेपालको पहिलो ई–कमर्स प्लेट फर्म हो । यसमा विभिन्न किसिमका भेराइटीहरु उपलब्ध छन् । आभूषण कंसाकार संस्थापक रहेको यस कम्पनीले प्रविधि मार्फत स्वास्थ्य क्षेत्रलाई प्रविधि मार्फत अप्टिमाइज गर्ने, समाधानहरू लागू गर्ने र जनतामा किफायती, गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
जोरपाटीका नागरिकलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट
जोरपाटी । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले ६८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
मानसिक रोगको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने : लिलाधर पौडेल
पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक रोगबाट पिडितहरूको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नो निकायको तर्फबाट समन्वय गर्ने बताएका छन्। पौडेलले प्रकृतिमैत्री बिकासको अभावमा बढ्दो बाताबरणिय प्रदुषण ,आहार बिहार लगायतका कारण देशमा उल्लेख रूपमा मानसिक रोगिहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै सो रोगको समयमा निदान नहुदा पारिबारिक र सामाजिक जिबन नै प्रभावित भएको जानकारी दिए । पौडेलले स्वस्थ नागरिक बिना देश बिकास संभब नहुने हुँदा स्वास्थ सेवालाइ आधारभुत आबश्यकताको रूपमा ब्यस्था गर्दै आफ्ना नीति कार्यक्रम बनाउन सरकारलाई आग्रह गरे । प्रमुख पौडेलले सो कुरा बहुसास्कृतिक मनोसामाजिक संस्था नेपाल को जिल्ला परियोजना सल्लाहकार समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै बताएका हुन् । कास्कीका सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकमा पौडेलले मानसिक समस्या एक जटिल समस्याको रूपमा आएको उल्लेख गर्दै कास्कीमा सो समस्याको उपचारका निम्ति सुबिधा सम्पन्न उपचार केन्द्रको स्थापना गर्ने कार्यक्रम समाबेश गर्न स्थानिय तह, प्रदेश र संघीय सरकारलाई आग्रह गरे। सो अबशरमा कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले स्वास्थ क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी संस्थाहरूले महामारीको बेला मात्रै उपचारका उपाय खोज्ने प्रथाको अन्त्य हुने गरि काम गर्न आग्रह गरे। बरालले अनुदानमुखी कार्यक्रममा मात्रै भर नपरी स्वाबलम्बी कार्यक्रममा जोड दिए।