उहिलेको दशैं र अहिलेको दशैं
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दशैंको अवसरमा काठमाडौं उपत्यका र काभ्रे जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरूको अवलोकन गर्ने अवसर पाएको छु । न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, बालाजु, माछापोखरी, वाईपास, महाराजगञ्ज, लगनखेल, गठ्ठाघर, राधेराधे, सूर्यविनायकदेखि बनेपासम्मका बजार क्षेत्र घुम्दा देखिएको दशैं बजारको अवस्था, व्यापारी र उपभोक्ताको मनोविज्ञान, देशको अर्थतन्त्र र जनजीवनमा परेको प्रभावका आधारमा केही गहिरो निष्कर्ष निकाल्न सकिन्छ । छैन चमक दशैं नेपाली समाजको सबैभन्दा ठूलो पर्व भएकाले सामान्य दिनभन्दा बजारमा चहलपहल बढ्नु स्वाभाविक हो । तर, विगतका वर्षहरूमा असन र इन्द्रचोकमा खचाखच भिड हुन्थ्यो । न्यूरोडका कपडा पसलहरूमा ग्राहक पंक्तिबद्ध हुन्थे । बनेपा र सूर्यविनायकका किराना पसलहरूमा सामान उठाउने भीड हुन्थ्यो । त्यस्तो दृश्य यस पटक धेरै कम देखियो । व्यापारीहरूले गत वर्षको तुलनामा बिक्री करिब ६० प्रतिशतमा मात्र सीमित भएको बताइरहेका छन् । नियमित ग्राहकको समेत आवश्यकभन्दा बढी किनमेल नगर्ने प्रवृत्ति बढेको छ, जसले देशको क्रयशक्ति खस्किएको स्पष्ट संकेत गर्छ । त्रास र अविश्वास भदौ २४ गतेको आगजनी, तोडफोड र जेल तोडेर भागेका हजारौं कैदी, प्रहरीसँगै भएको भिडन्त र हतियार लुटपाटका घटनाले बजार क्षेत्र त्रसित बनेको छ । व्यापारीहरूसँग कुराकानी गर्दा उनीहरूको पहिलो चिन्ता सुरक्षा रहेको पाइन्छ । कतिपय व्यापारीहरूले आफ्नो पसलमा ठूलो लगानी गरेर पनि क्षणभरमै दङ्गा वा आगजनीले सबथोक गुम्ने डर व्यक्त गरेका छन् । उनीहरूलाई सरकारले संरक्षण गर्छ भन्ने विश्वास झनझन कमजोर हुँदै गएको छ । बजार अवलोकनको क्रममा देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको सरकारप्रति अविश्वास हो । भदौ२३ र २४ गते भएका आन्दोलन र त्यस क्रममा आफ्ना कलिला बालबालिकाले ज्यान गुमाएका परिवारले न्याय पाउने वा नपाउने भन्ने प्रश्नमा व्यापारी र सर्वसाधारण नागरिकबीच निराशा गहिरो देखियो । सरकारले ढिलासुस्ती गर्ने, जिम्मेवारी नलिने, घटनामा संवेदनशील नदेखिने प्रवृत्तिले नागरिक मनोबलमा नकारात्मक असर पारेको छ । व्यवसाय त्याग्ने मनोवृत्ति छलफलका क्रममा भेटिएका करिब ६० प्रतिशत व्यापारीहरूले मौका मिल्ने हो भने वर्तमान व्यवसाय छोडेर अर्को विकल्प रोज्ने इच्छा राखेका छन । उनीहरूका लागि व्यापार अब सुरक्षित र टिकाउ रोजगारी देखिँदैन । लामो समयदेखि एउटै पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत जोखिम बढ्दै गएको छ, फाइदा घट्दै गएको छ, सरकारले सुनुवाइ गर्दैन भन्दै असन्तोष पोखेका छन । यसले देशको निजी क्ष्त्रमा निराशा र पलायन हुने प्रवृत्ति बढेको संकेत गर्छ । दशैं नजिकिँदै गर्दा उपत्यकाभित्र र बाहिर जाने सडकहरूमा यात्रुहरूको चाप बढ्थ्यो । तर, यस वर्ष देखिएको अवस्था विगतभन्दा अझ अस्तव्यस्त छ । सडक छेउमा अव्यवस्थित पार्किङ, सवारी चालकहरूले मनलाग्दी रूपमा गाडी दौडाउने र ट्राफिक प्रहरीको निर्देशनलाई बेवास्ता गर्ने प्रवृति बढेको देखियो । टिकट बिक्रीमा समेत ठगी गर्ने प्रवृत्ति खुलेआम बढेको छ । कतिपय यातायात व्यवसायीले एउटै सिटको टिकट दुई–तीन जनालाई बेच्ने गरेको पीडा यात्रुहरूले सुनाएका छन् । सम्बन्धित निकायमा उजुरी गर्दा सुनुवाइ नै नहुने अवस्था नागरिकले भोगिरहेका छन् । भ्रमणका क्रममा कतिपय दृश्यहरूलाई नागरिकले व्यङ्ग्यात्मक रूपमा रामराज्य को पुनः आगमन भन्न थालेका छन । यसको आशय सकारात्मक नभएर नकारात्मक छ– कारण, जताततै अराजकता, नियमको तोडमोड, सुरक्षा निकायको कमजोरी, सरकारको निष्क्रियता र मनपरी चलन मौलाउँदै गएको छ । यसरी व्यवस्थित शासन नहुनु र जनजीवन अस्तव्यस्त हुनु नागरिकमाझ व्यङ्ग्यको विषय बनेको छ । यस्तै परिस्थितिमा गृहमन्त्रालयबाट आएका केही अग्रगामी सूचनाले झन नागरिकलाई चिन्तित बनाएको छ । कारण, जब सामान्य कानून कार्यान्वयनमा कमजोरी देखिन्छ, अपराध नियन्त्रणमा कमजोरी हुन्छ, यातायात व्यवस्थापन बिग्रन्छ, बजार असुरक्षित हुन्छ, त्यतिबेला नयाँ सूचना वा घोषणा नागरिकको विश्वास बढाउने भन्दा पनि शंका र संशयको कारण बन्छ । व्यापारी र सर्वसाधारणबीच यस्तो धारणा देखिनु वर्तमान राजनीतिक नेतृत्वको चुनौती हो । दशैंको रमझम र नागरिक यथार्थ सामान्यतया दशैं खुशी, मेलमिलाप र आर्थिक गतिविधिको अवसर हो । तर, यसपटकको दशैं बजारमा खुशीभन्दा बढी डर, अविश्वास र निराशा छाएको छ । बजारमा उपभोक्ता पुगे पनि उनीहरूको खर्च न्यून छ । व्यापारी पसलमा बसे पनि उनीहरूले सुरक्षित महसुस गर्न सकेका छैनन । सडकमा सवारी चले पनि यात्रुहरू ठगिने त्रासमा छन । यसरी उत्सवभन्दा बढी चिन्ता र असुरक्षा हाबी भएको देखिन्छ दशैंमा । अर्थतन्त्रमा दीर्घकालीन असर बजारमा देखिएको मन्दी, व्यापारीहरूको असन्तोष र उपभोक्ताको कमजोर क्रयशक्तिले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ । दशैं जस्तो ठूलो पर्वमा पनि व्यापारिक कारोबार घट्नु भनेको देशको उत्पादन, आपूर्ति र रोजगारीसँगै कर संकलनमा समेत नकारात्मक असर पर्ने संकेत हो । यदि सरकारले समयमै विश्वास पुनःस्थापित गर्न सकेन भने यसले दीर्घकालीन लगानीको वातावरणलाई समेत प्रभावित पार्नेछ । दशैं बजार अवलोकनका क्रममा पाइएका अनुभवहरूले वर्तमान नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको प्रतिविम्ब प्रस्तुत गर्छन । बजारमा सामान्य चहलपहल भए पनि उत्साह हराएको छ । व्यापारीहरू त्रासमा छन । उपभोक्ता सीमित खर्चमा छन । नागरिकहरू न्यायप्रति निराश छन । देशको यातायातदेखि सुरक्षा व्यवस्थासम्म अव्यवस्था व्याप्त छ । यस्तो परिस्थितिमा दशैँले ल्याउने खुशीभन्दा बढी असुरक्षा, अविश्वास र असन्तोष बढेको देखिन्छ । नेपाल जस्तो मुलुकमा पर्वहरू केवल सांस्कृतिक मात्र नभई आर्थिक गतिविधिको मेरुदण्ड हुन । त्यसैले सरकार र सम्बन्धित निकायहरूले चाडवाड बजारलाई सुरक्षित, व्यवस्थित र विश्वासिलो बनाउन सक्ने हो भने मात्र व्यापारी, उपभोक्ता र नागरिकको मनमा उज्यालो फर्किन सक्छ । अन्यथा, यस वर्षको दशैँ सहित चाडवाड बजारले दिएको चेतावनी जस्तै, मन्दी, अविश्वास र अराजकताले भविष्यलाई अझ अँध्यारो बनाउने खतरा छ । (लेखक रत्नराज्य क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)
दसैँमा बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दसैँको रौनकता छाइरहेको छ । घरको आँगनमै दसैँ आइपुगिसकेको छ । घटस्थापनादेखि दसैँको रौनक सुरु भएदेखि विभिन्न स्थानमा विभिन्न काम विशेषले रहेका मान्छे आ-आफ्नो घरतर्फ लागिरहेका छन् । यसपटक दसैँमा असोज १३ गते (फूलपती)देखि असोज १८ गतेसम्म सार्वजनिक बिदा रहेको छ । नेपाल राष्ट्र बैंकले पनि सार्वजनिक बिदाको सूची २०८२ अनुसार दसैँ अवधिमा घटस्थापना (असोज २ गते) र फूलपाती (असोज १३ गते)देखि निरन्तर असोज १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूका लागि बिदा रहने जनाएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले दसैँ अवधिमा पनि सीमित शाखा तथा काउण्टर खुला राखेर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन् । नेपाल बैंक नेपाल बैंकले दसैँमा कोशी प्रदेशका मेची भन्सार यात्रु शाखा काउण्टर, मुख्य काउण्टर खुला र कृष्णनगर भन्सार काउण्टर खुला राख्ने जनाएको छ । उक्त काउण्टर बिहान ६ बजेदेखि राती १० बजेसम्म खुला रहने बैंकले जनाएको छ । बैंकका अनुसार बागमती प्रदेशको काठमाडौं बैंकिङ अफिस न्युरोडको विदेशी मुद्रा सटही काउण्टर खुला रहनेछ । बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले असोज १३ गतेदेखि असोज १८ गतेसम्म ७ वटा ठाउँका शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार सुख्खा बन्दरगाह विराटनगर, मुख्य शाखा कार्यालय, वसन्तपुर काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा, सुख्खा बन्दरगाह भैरहवा, धनगढी र इटहरी शाखा खुला रहने छन् । बिहान १० बजेदेखि २ बजेसम्म कारोबार समय रहेको बैंकले जनाएको छ । दसैँको दिनमा भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ । नबिल बैंक नबिल बैंकले दसैँ अवधिभर ३१ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकले कोशी प्रदेशमा ७ वटा, मधेश प्रदेशमा २ वटा, बागमती प्रदेशमा १५ वटा, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ वटा, कर्णाली र सुदूरपश्चिममा १/१ वटा शाखा तालिका अनुसार खुला रहनेछन् । खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने बैंकले जनाएको छ । दसैँ होलिडे काउण्टरमार्फत १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम निकाल्न सक्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले दसैँ अवधिमा उपत्यकाभित्र २१ वटा र उपत्यका बाहिर २५ वटा शाखा तथा काउन्टर खुला रहने जनाएको छ । बैंकका अनुसार असोज १३ गते २६ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते ६ वटा, असोज १६ गते १ र असोज १७ गते २३ वटा शाखा खुला रहने छन् । शाखा कार्यालय खुला रहने समय भने फरक फरक तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले दसैँ अवधिमा खुला रहने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार असोज १३ गते नयाँ बानेश्वर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी शाखा खुला रहेनछन् । यस्तै, असोज १४ गते नयाँ बानेश्वर, विराटनगर, पोखरा शाखा, असोज १५ गते नक्साल र धरान शाखा, असोज १७ गते न्युरोड काठमाडौं र विराटनगर शाखा खुला रहनेछन् । दसैँमा खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म वित्तीय सेवा दिने बैंकले जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले असोज १३ गते ९ वटा, असोज १४ गते ७ वटा, असोज १५ गते ७ वटा, असोज १७ गते ६ वटा शाखा खुला राख्ने जनाएको छ । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह हुनेछ । बैंकका अनुसार २६५ दिन खुल्ने हिटी दरबार, पाटन र न्युरोड शाखा असोज १३ गतेदेखि असोज १८ गतेसम्म नियमित बिदाको काउण्टर खुल्ने समयमा बन्द रहनेछन् । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले दसैँ अवधिमा १४ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन सकिने बैंकले जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले दसैँमा बागमती प्रदेशको न्युरोड र पुल्चोक शाखा खुला रहने जनाएको छ । उक्त शाखाबाट ग्राहकहरूले नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) लिन सक्ने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान १० बजेदेखि अपरान्ह १:३० बजेसम्म खुल्नेछन् । बैंकका अनुसार वीरगंज भन्सार कार्यालय, आईसीडी तथा आईसीपी र नेपालगन्ज भन्सार कार्यालय, भन्सार कार्यालयको तालिका अनुसार संचालनमा रहने छन् । राजस्व काउन्टरहरु माथि उल्लेखित समयमा सरकारको निर्णय अनुसार खोलिने छन् । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दसैँमा १६ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, बिर्तामोड, दमक, मधेश प्रदेशका वीरगञ्ज र जनकपुर, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ शाखा, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा, लुम्बिनीमा बुटवल र नेपालगञ्ज, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढी चौराहा शाखा खुला रहेनछन् । खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र न्युरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म सेवा दिने छन् । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दसैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । असोज १३ गते १० वटा, असोज १४ गते ११ वटा, असोज १५ गते ८ वटा र असोज १७ गते ७ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । कुमारी बैंक कुमारी बैंकले दशैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । बैंकका अनुसार असोज १३ गते १४ वटा, असोज १४ गते १५ वटा, असोज १५ गते ११ वटा र असोज १७ गते १२ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालयबाट बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा लिन सकिनेछ । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले दसैँमा खुल्ने शाखाबाट कार्यालय बिहान १० बजेदेखि २ बजेसम्म सेवा प्रवाह हुने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशमा असोज १३ गते इटहरी, तिनपैनी, बिर्तामोड शाखा, असोज १४ गते विराटनगर (पुष्पलाल चोक), दमक, इनरुवा, असोज १५ गते विराटनगर (हनुमान दास रोड), धरान, काँकडभिट्टा र असोज १७ गते विराटनगर (हनुमान दास रोड) शाखा खुला रहने छन् । यस्तै, बागमती प्रदेश (उपत्यका भित्र) असोज १३ गते हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी असोज १४ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, सुकेधारा, टेकु, लगनखेल पाटन अस्पताल, भक्तपुर (सल्लाघारी), असोज १५ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, तिनकुने, पेप्सीकोला, असोज १७ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, मुलपानी (पिपलबोट), खुसिबु हात्तीसार र असोज १८ गते हात्तिसार र गैह्रीधारा शाखा खुला रहेनछन् । बागमती प्रदेश (उपत्यका बाहिर) भने नारायणघाट (लायन्स चोक) शाखा खुला रहेनछ । मधेश प्रदेशमा जनकपुर (वजरङ्ग चोक), वीरगंज (आदर्शनगर) जनकपुर (भानु चोक) वीरगंज (लिङ्ग रोड), गण्डकी प्रदेशमा पोखरा चिप्लेढुङ्गा) बाग्लुङ, पोखरा औद्योगिक क्षेत्र, दमौली पोखरा (न्यूरोड), रजहर, पोखरा (अमरसिंह), वालिङशाखा खुला रहेनछन् । कर्णाली प्रदेशमा विरेन्द्रनगर (यरि चोक), विरेन्द्रनगर (विरेन्द्रनगर चोक) छिञ्चु र श्रीनगर शाखा खुला हुनेछन् । सुदुरपश्चिम प्रदेशमा धनगढी (शहिदगेट), धनगढी (लक्ष्मी नारायण चोक), महेन्द्रनगर र लुम्बिनी प्रदेश नेपालगंज (कारकाँदो चोक), भैरहवा घोराही, बुटवल (मिलन चोक) शाखा खुला हुनेछन् । बैंकका अनुसार एटिएम कार्ड तथा अन्य डिजिटल बैंकिङ्ग सम्बन्धी सहायताका लागि चौविसै घण्टा उपलब्ध हुनेछन् । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले दसैँ अवधिभर २७ वटा शाखा खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, नाम्चे, इटहरी, धरान, बिर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगंज, जनकपुर शाखा खुल्नेछन् । यस्तै, बागमति प्रदेशका हात्तिसार, कुमारीपाटि, सूर्यविनायक, गंगबु, बौद्ध, स्वयम्भू, न्युरोड, तिनकुने नारायणघाट, हेटौडा शाखा, गण्डकी प्रदेशको पोखरा (सभागृह चोक), लुम्बिनी प्रदेशको नेपालगञ्ज, तुलसीपुर, बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चि प्रदेशको धनगढी, अत्तरिया, टिकापुर, महेन्द्रनगर शाखा खुला हुनेछन् । बैंकका शाखाबाट बिहान १० बजेदेखि १ बजेसम्म सेवा लिन सकिनेछ । कृषि विकास बैंक कृषि विकास बैंकले दसैँ अवधिमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिने छ । बैंकका अनुसार फुलपातीका दिन २२ वटा शाखा, महाअस्टमीका दिन २६ वटा शाखा र एकादशीका दिन २० वटा शाखा खुला हुनेछन् । नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसको नियम बमोजिम बैंकका आरटीजीएस, ईसीसी र राष्ट्र ऋण भुक्तानी लगायतका सेवाहरु सञ्चालन हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछ । बैंकका अनुसार असोज १३ गते ५७ वटा शाखा, असोज १४ गते २४ वटा, असोज १५ गते १६ वटा, असोज १६ गते ३ वटा, असोज १७ गते २५ वटा र असोज १८ गते १८ वटा शाखा खुला रहनेछन् । सिटिजन्स बैंक सिटिजन्स बैंकले असोज १३ गते १५ वटा, असोज १४ गते १६ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ७ वटा र असोज १८ गते ५ वटा शाखा खुला रहेनछन् । दसैँ अवधिमा खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । प्राइम बैंक प्राइम बैंकले असोज १३ गते १४ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ११ वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । एनएमबि बैंक एनएमबि बैंकले असोज १३ गते ११ वटा, असोज १४ गते ४ वटा, असोज १५ गते ८ वटा, असोज १७ गते ९ वटा शाखा खुला रहनेछन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । नेपाल राष्ट्र बैंकको सूचना बमोजिम दसैँको बिदाको दिन बबरमहलस्थित सेन्ट्रल ट्रेड अप्रेसन बिहान १० बजेदेखि १ बजेसम्म खुला रहेनछ । प्रभु बैंक प्रभु बैंकले दसैँको समयमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । काठमाण्डौ उपत्यका भित्र मुख्य शाखा, बबरमहल, कमलादी, ललितपुर (जावलाखेल) र भक्तपुर शाखा खुला हुनेछन् । यस्तै, उपत्यका बाहिर बिराटनगर (गोल्छाचोक) इटहरी, बिरगंज (आदर्शनगर), जनकपूर, नारायणगढ, हेटौडा, कावासोती, बागलुङ, दमौली, गोरखा पोखरा (रत्नचोक), नेपालगञ्ज, भैरहवा र धनगढी शाखा खुला हुनेछन् । सानिमा बैंक सानिमा बैंकले असोज १३ गते २६ वटा, असोज १४ गते २४ वटा, असोज १५ गते २४ वटा, असोज १७ गते २१ वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् ।
जेनजी प्रदर्शनले बीमा कम्पनीमा २३ अर्बभन्दा बढीको दाबी, नेपाल रिलाई दबाब
काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुग्यो । बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज ८ गतेसम्ममा बीमा कम्पनीहरूमा २३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रकमको दाबी परिसकेको छ । दाबी परेसँगै कम्पनीहरूले प्राथमिकताका साथ दर्ता गर्न थालेका छन् । केही कम्पनीहरूले दाबी रकम भुक्तानी गर्न थालेका छन् भने केहीले गर्ने प्रयासमा छन् । नेपालमा एकैपटक यति ठुलो परिमाणमा बीमा कम्पनीमा दाबी परेको पहिलोपटक भएको बीमा कम्पनीहरूका अधिकारीहरू बताउँछन् । यसले ठूलो परिमाणमा दाबी पर्ने कम्पनीहरूको ब्यालेन्स सिटमा प्रत्यक्ष असर पर्ने देखिएको छ । विशेषगरी कम्पनीका वार्षिक नाफा र रिजर्भमा प्रत्यक्ष असर पर्ने बीमा कम्पनीका अधिकारीहरुको भनाइ छ । बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी पर्ने टप पाँच कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरन्स, ओरिएन्टल इन्स्योरेन्स, आईजीआई प्रुडुन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी हुन् । यी टप पाँच कम्पनीमा अरू कम्पनीको तुलनामा बढी दवाव पर्ने देखिन्छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री यो आन्दोलनको कारण भएको क्षतिबाट बीमा कम्पनीको वार्षिक नाफामा सिधै असर पर्ने देखिएको बताउँछन् । यसबाहेक अन्य कुरामा भने त्यस्तो दवाव नपर्ने उनको भनाइ छ । सीईओ क्षेत्री जेन्दी आन्दोलनबाट यति ठूलो क्षति गर्छ भनेर कम्पनीहरूले नसोचेको सुनाउँछन् । उनी भन्छन्, ‘नसोचेको घटना भयो, तर कम्पनीमा दाबी परिसकेपछि हामीले क्षतिपूर्ति दिनैपर्छ । त्यसको लागि हामी लागिपरेका छौं ।’ सीईओ क्षेत्रीले अहिलेको घटनाको ६५ प्रतिशत क्षतिको कभर गर्ने योजना रहेको बताए । नेपाल इन्स्योरन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल कम्पनीको ब्यालेन्स सिटमा प्रत्यक्ष प्रभाव पार्ने कुरामा सहमत छन् । उनले बीमा कम्पनीका साथसाथै समम्र बीमा उद्योगमा असर पर्ने बताए । उनले भने, ‘कम्पनीमा परेको दाबीको परिमाणअनुसार कसैलाई थोरै कसैलाई धेरै प्रभाव हुन सक्ला तर असर पर्छ नै ।’ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्य पनि जेनजी आन्दोलनको कारण भएको क्षतिबाट कम्पनीको वार्षिक नाफामै प्रभाव पार्ने बताउँछन् । उनले भने, ‘यो आन्दोलनको कारण कम्पनीहरूमा अरू बेलाको दाबीभन्दा बढी परेको छ, यसले अर्को वर्षको कम्पनीको नाफा घट्न सक्छ ।’ कम्पनीमा बढी दावी परेको भएपनि दाबी रकम भुक्तानीको लागि कम्पनी सक्षम रहेको उनले बताए । कम्पनीमा दाबी रकमको दवाब बढेपनि ब्याकअप भएको हुँदा आत्तिनुनपर्ने उनको भनाइ छ । ‘योभन्दा अगाडिका दिनमा पनि २ अर्बभन्दा बढी दाबी पर्दा त्यो दवावलाई थेगेर हामीले तिर्न सफल भएका र्छौं,’ उनले भने, ‘केही दवाव पर्न सक्छ, तर हामीसँग ब्याकअप छ ।’ हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ अञ्जु श्रेष्ठ आफ्नो कम्पनीमा ठूलो रकमको बीमा दाबी परेपनि ब्यालेन्स सिटमा त्यस्तो असर नपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘अलिअलि दवाव त पर्छ नै तर त्यस्तो ठूलो फरक देखिने गरेर असर पर्दैन ।’ सीईओ श्रेष्ठले आफ्नो कम्पनीले सबै कुरा क्लियरले गर्दै आएको हुँदा ब्यालेन्स सिटमा त्यस्तो असर पर्न नजाने स्पष्ट पारिन् । साथै उनले कम्पनीमा पर्न आएको सबै दाबी रकम एक्लैले तिर्नेभन्दा पनि पुनर्बीमा कम्पनीमा पनि बाँडिने हुँदा त्यसलाई इस्यु नै बनाउनुपर्ने आवश्यक नभएको औंल्याउछिन् । शिखर इन्स्योरेन्सका क्लेम हेड स्वस्तिका कार्की बानियाँ पनि अहिलेको आन्दोलनको कारण कम्पनीको कम्पनीको ब्यालेन्स सिटमा त्यस्तो मेजर इम्प्याक्ट नपर्ने बताउँछिन् । उनले भनिन्, ‘पहिलेदेखि नै हाम्रो रिटेन्सियल धेरै नै राम्रो छ त्यसले गर्दा कम्पनीलाई ठूलो प्रभाव पार्ला जस्तो लाग्दैन ।’ कुनै पनि बीमा कम्पनीले जारी गरेको बीमाको जोखिमलाई पुनर्बीमा कम्पनीहरूले बाँडफाँड गर्ने गर्छन् । बीमा कम्पनीहरूले अधिकांश जोखिमलाई पुनर्बीमा कम्पनीमा बाँडेको कारण सम्पूर्ण भार उनीहरूमा मात्रै बेहोर्नु पर्दैन । हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी ३५ प्रतिशत बीमा कम्पनीबाट र ६५ प्रतिशत रिइन्स्योरेन्स कम्पनीबाट बाँडफाँट हुने प्रावधान छ । बीमा कम्पनीहरूका अनुसार पुनर्बीमा कम्पनीहरूले आफ्नो हिस्साबमोजिम दाबी भुक्तानी गर्ने भएकाले तत्कालीन प्रभाव देखिँदैन । अहिले पनि क्षतिको सबै विवरण आइसकेको छैन । क्षतिको पूर्ण विवरण आइसकेपछि पुनर्बीमा कम्पनीहरूसँग समन्वय गरेर कम्पनीहरुले दाबी भुक्तानी बढ्ने बीमा कम्पनीहरू बताउँछन् । बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार स्पेसल रिजर्भमा २७–२८ अर्ब रुपैयाँ रहेको छ । अहिले कम्पनीहरूमा कुल २३ अर्ब रुपैयाँ बराबरको दाबी परेको अवस्था छ । यो रकम स्पेसल रिजर्भमार्फत कभर गर्ने हुँदा कम्पनीहरू आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउँछन् । उनले भने, ‘ हाम्रो स्पेसल रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडि रिइन्योेस्योरेन्सको साथ छ ।’ नेपाल रिलाई दबाब पर्ने बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीमा परेको दाबीको भाग तिर्ने विश्वासका साथ भुक्तानीमा कुनै समस्या नहुने तर्क गरेपनि पुनर्बीमा कम्पनीलाई भने दवाव पर्ने देखिएको छ । त्यसमा पनि नेपाल रि इन्स्योरेन्सलाई । किनभने नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ । त्यसको प्रभाव अहिले पनि देखिन थालिसकेको छ । हिमालयन रि भने यस पटकको हुलदंगा बीमा क्षतिको भुक्तानी दिनुपर्ने दबाबबाट जोगिएको छ ।