एक महिनामै बैंकको नाफा पौने ९ अर्ब, पुच्छारमा ज्वाइन्ट भेन्चर बैंक

काठमाडौं । २० वटा वाणिज्य बैंकले एक महिनामै पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा वाणिज्य बैंकहरूले ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

साउनमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ७३ करोड ४४ लाख रुपैयाँ र कुमारी बैंकले ५४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ, प्राइम बैंकले ५२ करोड १८ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४९ करोड २१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले ४७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख रुपैयाँ, कृषि विकास बैंकले ३८ करोड ८२ लाख रुपैयाँ, सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकले ३२ करोड ९३ लाख रुपैयाँ, नेपाल बैंकले ३० करोड ८६ लाख रुपैयाँ, हिमालयन बैंकले २७ करोड ३० लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सिटिजन्स बैंकले २५ करोड ९२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले २२ करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

Share News