कामना सेवाले गण्डकी मेडिकल कलेजमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा करिव २०० जना डाक्टर तथा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । उक्त वित्तीय साक्षरता कार्यक्रमसंगै डाक्टर, विद्यार्थी र बैंकका कर्मचारीहरुको संयुक्त हाइकिङ्ग कार्यक्रम राखिएको थियो । पोखराको ड्यामसाईड देखी विश्व शान्ती स्तुपासम्म गरिएको हाइकिङ्ग कार्यक्रममा बैंकका उच्च व्यवस्थाकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम पश्चात गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्वन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोवाईल बैंकिङ्ग सेवा तथा कार्डवाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्वन्धी सम्झौतामा बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात वितरण गरेको छ । बैंकले ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृत्रिम हातहरु वितरण गरेको छ । एक कार्यक्रमबीच बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल सांस्थाका पदाकारीबाट सोही कृत्रिम हातहरु बालबालिकाहरुलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बालबालिकाहरुका अभिभावक र ईनेबल नेपाल सांस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हालमा बैंकले ५ थान कृतम हातहरु वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरु वितरण गर्ने बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुले बताएका छन् । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

ग्रामीण विकास लघुवित्तका अध्यक्ष दङ्गालले दिए राजीनामा

काठमाडौं । ग्रामीण विकास लघुवित्तका अध्यक्षले राजीनामा दिएका छन् । लघुवित्तका कम्पनी सचिव श्याम कुमार कटुवालका अनुसार अध्यक्ष शिवहरी दङ्गालले राजीनामा दिएका हुन् । लघुवित्त सञ्चालक समितिको बैशाख ५ गते बसेको बैठकले अध्यक्ष दङ्गालले दिएको राजीनामा स्वीकृत गरेको छ । वि.सं २०७९ असोज २४ गते बसेको संचालक समितिको बैठकबाट दङ्गाल अध्यक्ष पदमा चयन भएका थिए ।