नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत मुक्तिनाथ भ्रमण गराएको हो । देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जना भन्दा बढि वरिष्ठ अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको इन्स्योरेन्सले जनाएको छ । कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवद्र्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरुबीच एक आपसमा अन्तरक्रीया भई अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफल भएको बताए ।

प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग प्रदान गरेको छ । जेष्ठनागरिकहरुको हकहित र अधिकारको लागि कार्यहरु गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्नको लागि उपयुक्त वातावरणको सृजना गर्ने उद्धेश्यका साथ स्थापना भएकोे सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्ध आश्रम सञ्चालन भइरहेको छ । आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धहरुको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे । अशक्त असहाय वृद्धाहरुको सेवामा समर्पित आश्रमलाई सांकेतिक रुपमा सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

बीमा क्षेत्रमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियोमार्फत केवाईसी लिने प्रकृया जारी गरेको छ । उक्त सुविधा बैशाख ९ गतेबाट लागू भएको हो । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेशन डिकलेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । केवाईसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ । प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात् ई एप्लिकेशन डिकलेरेसन फर्ममा आवश्यक विवरणहरु भरि स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । यो सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ ।