नेपाल लाइफ इन्स्योरेन्सले १० दिनमै दियो १ करोड ८६ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी बापत पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती ईन्द्र कुमारी शाही गुरुङ्गलाई प्रदान गरेका हुन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए । साथै, उनले छिटो छरितो मृत्युदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताएका छन् । चुक्ता पूँजी ३ अर्ब ०९ करोड रुपैयाँ रहेको कम्पनीले फागुन मसान्तसम्म करिब १ अर्ब ६४ करोड रुपैयाँ मृत्यूदावी भूक्तानी गरिसकेको छ । साथै, कम्पनीको जीवन बीमा कोष करिब ३७ अर्ब र कुल लगानी करिब ४४ अर्ब रुपैयाँ रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ६ अर्ब ८१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफको ‘स्मार्ट जीवन बीमा’ योजना सार्वजनिक, रु.१० मा १० लाखको जीवन बीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको छ । उक्त नयाँ बीमा योजनाको शुभारम्भ पोखरामा आयोजित एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथिले यस योजनाले आम जनताको बचत परिचालनमा सघाऊ पुरयाउने विश्वास व्यक्त गरेका छन् । साथै उक्त अवसरमा सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा गरेका छन् । यस बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने छ । कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालले यस नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुनेमा बिश्वास व्यक्त गरेका छन् । कार्यक्रममा संचालक हरिश्चन्द्र सुवेदीले नयाँ बीमा योजनाले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, उनले जीवन बीमाका लागि बिद्यमान कर छुटको प्रावधानलाई बढाउन सके जीवन बीमा क्षेत्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

२४ वटा बीमा कम्पनी पाइपलाइनमा, १६ वटा जीवन, ८ वटा निर्जीवन

काठमाडौं । वित्त बजारमा रोचक दृष्य देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्ज भईराखेका छन् । नयाँ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द भएको एक दशक हुन लागेको छ । तर बीमा बजारमा विस्तार आएको छ । पुर्नवीमा कम्पनी सहित हाल २७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । २४ वटा बीमा कम्पनी भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर बीमा समितिको स्वीकृति पर्खिबसेका छन् ।   दर्ता भएका तर स्वीकृत नपाएका २४ बीमा कम्पनी १) अजोड इन्स्योरेन्स कम्पनी २) मनकामना इन्स्योरेन्स कम्पनी ३) इन्टरनेशनल लाइफ इन्स्योरेन्स ४) एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स ५) एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स ६) कान्तिपुर बीमा कम्पनी ७) बीन्नी इन्स्योरेन्स कम्पनी ८) रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९) जनरल इन्स्योरेन्स कम्पनी नेपाल १०) सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड ११) स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स १२) आइएमई लाइफ इन्स्योरेन्स १३) रिलायन्स लाइफ इन्स्योरेन्स १४) सानिमा इन्स्योरेन्स कम्पनी १५) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल १६) लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर १७) ग्लोबल लाइफ इन्स्योरेन्स १८) जीवनधारा लाइफ इन्स्योरेन्स १९) काठमाण्डू बीमा कम्पनी २०) सिटिजन्स लाइफ इन्स्योरेन्स २१) सन नेपाल लाइफ इन्स्योरेन्स २२) स्टार लाइफ इन्स्योरेन्स २३) लक्ष्मी लाइफ इन्स्योरेन्स २४) माहालक्ष्मी लाइफ इन्स्योरेन्स विगत ९ वर्षयता नयाँ बीमा कम्पनीलाई बीमा समितिले लाईसेन्स दिएको थिएन । गत साता मात्र बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ जारी गरी नयाँ बीमा कम्पनीलाई लाईसेन्स खुला गरेको छ । त्यसपछि नयाँ बीमा कम्पनी खोल्न चाहाने प्रवद्र्धकहरु हौसिएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको तर बीमा समितिले स्वीकृत नदिएका बीमा कम्पनीको संख्या हाल २४ वटा रहेको छ । १६ वटा जीवन बीमा कम्पनी छन् भने ८ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । कम्पनी रजिष्ट्रारमा दर्ता भएको तर बीमा समितिमा आवेदन परेको बीमा कम्पनीहरु पनि रहेका छन् । पहिला सञ्चालनमा आएका तर बीमा समितिले स्वीकृत नदिएका कम्पनी छिट्टै खुल्ने सम्भावना छ । त्यस्तै ठूला व्यवसायिक घरानाले खोल्न लागेको बीमा कम्पनीहरु छिट्टै खुल्ने सम्भावना रहेको छ । कम्पनी रजिष्ट्रारमा दर्ता भएका र तर स्वीकृत नपाएका अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल, मनकामना इन्स्योरेन्स, इन्टरनेशनल लाइफ इन्स्योरेन्स , एलिएञ्ज नेपाल लाइफ इन्योरेन्स, एभरेष्ट बिजी लाइफ इन्स्योरेन्स, कान्तिपुर बीमा कम्पनी, बीन्नी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स,  सानिमा लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स कम्पनी,  एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल, लाइफ इस्योरेन्स कम्पनी कान्तिपुर, ग्लोबल लाइफ इन्स्योरेन्स, जीवनधारा लाइफ इन्स्योरेन्स, काठमाण्डू बीमा, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, लक्ष्मी लाइफ इन्स्योरेन्स, माहालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमा दुबै किसिमको बीमा व्यवसाय गर्ने उदेश्यले बीमा कम्पनी स्थापना गर्न खोजेको आवस्थामा  स्वीकृत नगर्ने व्यवस्था गरेको छ । त्यस कारण पनि  दर्तामा रहेका सबै बीमा कम्पनीले स्वीकृति पाउने सम्भावना कम देखिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम पुँजी १ अर्ब रुपैयाँ हुनु पर्ने निर्णय गरेको हो ।