नेशनल लघुवित्तद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

बिहीबार संस्थाका सञ्चालकद्वय प्रदीपकुमार रेग्मी र नरेन्द्रप्रसाद छद्कुली तथा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ७० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत यादवले कोषमा सहयोग गर्नुसँगै बाढीबाट प्रभावित आफ्ना ग्राहक सदस्यका लागि संस्थाले छुट्टै आर्थिक सहयोगसमेत उपलब्ध गराउने जानकारी दिए ।

Share News