काठमाडौं । ग्रामीण विकास लघुवित्तका अध्यक्षले राजीनामा दिएका छन् । लघुवित्तका कम्पनी सचिव श्याम कुमार कटुवालका अनुसार अध्यक्ष शिवहरी दङ्गालले राजीनामा दिएका हुन् ।
लघुवित्त सञ्चालक समितिको बैशाख ५ गते बसेको बैठकले अध्यक्ष दङ्गालले दिएको राजीनामा स्वीकृत गरेको छ ।
वि.सं २०७९ असोज २४ गते बसेको संचालक समितिको बैठकबाट दङ्गाल अध्यक्ष पदमा चयन भएका थिए ।