काठमाडौं । मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर फाइनान्सबाट बाहिरिने भएको हो ।
फाइनान्स कम्पनीका अनुसार इन्स्योरेन्स कम्पनीले २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
फाइनान्सको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने फाइनान्सले जनाएको छ ।