भ्याट बढाउने, होटललाई उद्योगसरहको मान्यता
काठमाडौं । सरकारले मुल्यअभिवृद्धि कर पुनरावलोकन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले होटललाई उद्योग सरहको मान्यता दिने घोषणा गरेका हुन् ।
साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने
काठमाडाै । आगामी आव २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ । सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने जानकारी दिएको हो । सरकारले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको छ । त्यस्तै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरिने भएको छ ।
वर्षमा एक पटक केवाइसी भर्नुपर्ने
काठमाडौं । वर्षमा एक पटक केवाइसी भर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाउँमा केवाईसी विवरण भर्नुपर्ने बताए । साथै उक्त केवाइसी विवरणलाई राष्ट्रिय परिचय पत्रमा अद्यावधिक गरिने व्यवस्था मिलाइने उनको भनाइ छ । केवाईसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।