सोपन फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३१ प्रतिशतले घटेर २७०५ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

मंगलबार ३५५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सिद्धार्थ बैंकको १८ करोड, रिलाइन्स स्पिीनिङको १५ करोड, रसुवा इनर्जीको १३ करोड र बुंगल हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपनस्युटिकल्स फर्माको सेयर मूल्य १५ प्रतिशत र एपोलो हाइड्रोको १४.९८ प्रतिशत बढेका छन् ।     

Share News