प्रथम राष्ट्रिय प्रि-हस्पिटल केयेर सम्मेलन शुरु, मेडिकल बेसकाे ज्ञान दिने उद्देश्य
काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), विश्व स्वास्थ्य संगठन नेपाल, डेनिस रेड क्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले नेपालमा पूर्व अस्पताल हेरविचार विषयमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिहीबार(आज)बाट शुरु भएको उक्त सम्मेलनको उद्घाटन मुख्य अतिथि स्वास्थ्य र जनसंख्या राज्य मन्त्री पदमाकुमारी अर्यालले गरेका छन् । सम्मेलनमा स्वास्थ्यकर्मी, डाक्टर, मेडिकल प्रतिनिधि र चिकित्सक लगायत कार्यक्रममा सहभागी छन् । घटना घटी अस्पताल आउनु पूर्व वातावरणको दृश्य मूल्यांकन गर्न बिरामीको प्रारम्भिक मूल्यांकन, जीवन जोखिम तथा आपतकालीन स्थितिमा उपयुक्त प्रारम्भिक कदमका साथै, रोगीको स्थानान्तरणमा उचित निगरानी उनीहरूको मेडिकल बेससँग राम्रो संचार कसरी गर्ने भनि कार्यक्रम आयोजित गरिएको थियो । यी चुनौतिहरूको सन्दर्भमा सम्बन्धित ज्ञान र कौशल बढाउने उद्देश्यको साथ यस सम्मेलन दुई दिनसम्म चल्नेछ । नासका अध्यक्ष तथा नेपाल एम्बुलेंस सेवाका संस्थापक राजभण्डारीले धेरै बिरामी र घाइतेहरू आकस्मिक उपचारको कमीले गर्दा र अस्पतालमा सुरक्षित यातायात जहाँ उनीहरूले निश्चित हेरविचार गर्छन्को कमीले गर्दा समयमै उपचारबाट बञ्चित रहेको बताएका छन् । साथै, उनले प्रशिक्षित कर्मचारीहरू र सुविधायुक्त एम्बुलेंसको कमीले धेरै व्यक्तिले ट्याक्सी वा चालक मात्र रहेको सामान्य एम्बुलेंस प्रयोग गर्न बाध्य छन् जसका कारण धेरै मानिसहरु सामान्य उपचार र हेरचाहको कमीले मुत्युसम्म पुग्ने बताए । त्यस्तै, नासको प्रमुख संस्थापक अध्यक्ष डा. राजेश गोङ्गलले, ‘हाम्रो देशमा इमरजेंसी मेडिकल सेवाको लागि सोच बनाइएको छैन । हामी स्वास्थ्य सेवाका साझेदारहरुले सरकारी संयन्त्रको सहयोगमा दीर्घकालीन दृष्टिकोणको सिर्जना गर्न संयूक्त काम गर्नुपर्छ । आशा गर्दछ कि यो सम्मेलनले हामीलाई त्यो दिशामा पुर्याउनेछ ।’ कार्यक्रममा राज्यमन्त्री आर्यलले सबै एम्बुलेन्सहरूको लागि केन्द्रीय संचार केन्द्र बनाउनको लागि स्वास्थ्य र नासका बीच साझेदारी गर्ने बारेमा आश्वासन दिएका छन् । उनले नासकै ईएमएस अवधारणाको नेतृत्व गर्नुपर्छ र नेपाल सरकारसँग हरेक नेपालीलाई पूर्व अस्पतालको सुरक्षा प्रदान गर्नका लागि काम गर्नु पर्ने बताएका छन् । पूर्व अस्पताल हेरचाह बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपातकालीन मेडिकल टेक्नीसियन्स र प्यारामेडिक्सद्धारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा गरिन्छ ।
गणितमा विद्यावारिधी गर्नेलाई ४ लाख राशीको पुरस्कार वितरण
काठमाडौँ । नेपाल गणित समाजले नेपालको विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ जना विद्यार्थीलाई ४ लाख रुपैयाँ एनएमएपस फेलोसिप अवार्ड प्रदान गरेको छ । पुरस्कारको रकम निक सिमोन फाउन्डेशनले उपलव्ध गराएको थियो । असार ३१ गते गणित समाजद्वारा गणित केन्द्रिय विभाग र्कीतिपुरमा एक कार्यक्रमकको आयोजना गरी पुरस्कार रकम वितरण गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वद्यिालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पुरस्कार प्रदान गरिन । पुरस्कारले अनुसन्धानको लागि कोसेढुङ्गा साबित हुने पनि उनले बताइन । नेपाल गणित समाजले यसै बर्षबाट १६ जनालाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरेको छ ।नेपाल गणित समाजका सभापति प्रा.डा. टंकनाथ धमलाले भने नेपालमा गणित विषयमा अनुसन्धान गरि विद्यावारिधि गर्ने विद्यार्थीहरुको संख्या बढिरहेको बताए । निक सिमोन फाउनडेशनका संस्थापक जेम्स हरी सिमोन एक गणितज्ञ हुन । विश्वका अर्बपतिहरुको सुचिमा समेत सुचिकृत उनले आफना दिवंगत छोरा निक सिमोनको नाममा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो रकम सहयोग गर्दे आएका छन् । सिमोन फाउनडेशनको नाममा उनले विश्वमा गणित र विज्ञानको क्षेत्रमा उल्लेखनिय अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुलाई प्रतेक बर्ष ठूलो रकम सहयोग गर्दै आएका छन् ।
साउन २ र ३ गते व्यस्थापन तथा आईटीको शैक्षिक मेला
काठमाडौँ । नेपालको उत्कृष्ट शिक्षा भन्ने नाराको साथ साउन २ र ३ गते चौथो व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । मेलामा पोखरा विश्वविद्यालयको ९ , त्रिभुवन विश्वविद्यालयको ६ , पूर्वाञ्चल विश्वविद्यालयको २, नेपाली विश्वविद्यालयका २ वटा, सिए र अन्य एउटा अध्यापन गराउने शैक्षिक संस्थाको सहभागिता रहने छ । उक्त शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएससी, सिएसआइटी, बिबिएस, बिएससी, सिएसआईटी, बिएलटी, बिआईएम, बिएचएम, बिबिआईएस, बिटिटिएम, बिएचटीएम, बिएसडब्लु, बिबिएस र बिबिए–बिआई लगाएतका शैक्षिक उपाधिहरु प्रधान गर्ने ३८ वटा शैक्षिक संस्थाहरु सहभागिता रहने छ । मेलामा ५५ वटा स्टलहरु संचालन हुने छ । पाठशाला एजुकेसन फाउण्डेसनका म्यानेजिङ डाइरेक्टरले भने नेपालमा नै व्यवस्थापन तथा आईटी तर्फ गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री नपालमा नै उपलब्ध भएको यस संस्थाले प्रमाणित गरिसकेको छ । नेपालमा विभिन्न देशका १०० जन विद्यार्थी नेपालमा अध्ययन गरिहेको बताए । मेला अन्नपूर्ण होटलमा हुने छ । दुई दिने मेलामा ७ हजार विद्यार्थीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।