नेपालमै पहिलोपटक केएफएले ल्यायो ९ स्तम्भ सहितको नयाँ ‘बि.सी.एस आईटी’ काेर्स

काठमाडौं । मध्य बानेश्वरस्थित केएफए बिजनेस स्कुलले ‘बि सी एस आईटी’ नामक नयाँ काेर्ष घोषणा गरेको छ । लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भ सहितको नयाँ बि.सी.एस. आईटी कार्यक्रम नेपालमै पहिलोपटक आफुहरुले ल्याएको संस्थाले दावी गरेको छ । शिक्षा क्षेत्रमा विगत २१ वर्ष देखिको अनुभव रहेको के एफ ए ले विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको जानकारी दिएको छ । नेटवर्किङ्गका साथै साइबर सेक्युरिटीलाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ । कलेजले प्लुस २ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस विषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन निस्शुल्क सेमिनार आयोजना गर्ने घोषणा समेत गरेको छ । उक्त सेमिनारको रजिष्ट्रेसन भने खुला भईसकेको छ । सेमिनार वा अन्य जानकारीका लागि ०१-४४९१४१४ सम्पर्क गर्न सकिने केएफएले जनाएकाे छ । केएफएले शैक्षिक क्षेत्र अन्तर्गत एम.बि.ए प्लस र बि.एच.एम कार्यक्रम संचालन गर्दै आईरहेको छ ।  

५ महिनापछि आजबाट खुल्दै काठमाडौंका विद्यालय

काठमाडौं । करिब ५ महिनापछि आजदेखि काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएसगैँ विद्यालय बन्द गरिएको थियो । केही दिन अघिमात्र काठमाडौं महानगरले स्वास्थ्य मापदण्डकोे पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिएसगैँ महानगर भित्रका विद्यालयहरु आजदेखि सञ्चालन हुने भएका हुन् । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् ।

चाँगुनारायणलाई शैक्षिक हब बनाउँंछौं: मेयर मिश्र

काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफनो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७ औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उद्घाटन समारोहमा उनले यस्तो बनाएका हुन् । कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले नेकलाई तीनचार वर्षमा विश्वविद्यालयको रुप दिने बताए । कलेजलाई अझै सार्वजनिक तथा पर्ति जग्गा दिएर भौतिक संरचना वढाउने योजना रहेको उनले सुनाए । स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरे । उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । साथै कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पु¥याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरियो । कलेजको कार्यक्रम हलमा कोभिडको बेला आइसोलेसन सञ्चालन गरिएको थियो । समारोहकै अवसरमा कलेज सञ्चालनका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरेको छ । सोही अवसरमा नेकबाट प्रोफेनल इन्जिनियरिङ्ख सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँंदनी शाह र कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । सोही अवसरमा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँंच जना र स्नातकोतर तहका चार जना विद्यार्थीलाई पनि सम्मान गरेको छ ।