नेपाल लाइफले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न असोज ८ गते डाक्यो भेला

काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १ः२ को अनुपात (हाल १ कित्ता सेयर बराबर २ कित्ता सेयर )मा हकप्रद सेयर जारी गर्ने भएको हो ।  साथै, संचालक समितिले विद्यमान अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरेर १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । कम्पनीको पुँजी वृद्धि सम्बन्धी निर्णयलाई पारित गर्न भदौ ९ गते बसेको संचालक समितिको बैठकले असोज ८ गते बिहान साढे ९ बजे काठमाडौंमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले हकप्रद सेयर जारी पश्चात् हुने सेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजीलाई वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्नेछ ।  यस्तै, संचालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।  नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा यो कम्पनी सञ्चालमा ल्याएको हो । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) २५ औं वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।  एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भएको नेपालको बीमा कम्पनी हो ।  कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा यस कम्पनीका सञ्चालक श्रीमती कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिलाई दोसल्ला लगाइ सम्मान गरे ।  कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्णबहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो ।  उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिममलाई न्यूनीकरण गरी आमनागरिकको विश्वास जित्न सफल भएको बताए ।  त्यसैगरी उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याउन सहयोग गर्ने  नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गरे ।  कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले एलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्यालय भएको र यहाँबाट सिँगै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमाबारे सिक्ने अवसर पाएको भनी गर्व गरे ।

शिखर इन्स्योरेन्सको सञ्चालकमा अश्माङ्क कार्की

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा आश्माङ्क कार्की नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको वैठकले सञ्चालकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई आगामी वार्षिक साधारणसभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।