राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश
काठमाडौं । राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश भएको छ । शिफारिश समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा क्रमश कविप्रसाद पाठक, झापा, डा. डिल्लीराज अर्याल गुल्मी र बुद्धकाजी श्रेष्ठ काठमाडौंलाई शिफारिश गरेको हो । सरकारले वर्णानुक्रमअनुसार प्रक्रिया अघि बढाए पाठक प्रशासक बन्ने छन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि निर्णय हुने छ । यस्तै लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा शिफारिशमा परेनन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता लिएको थियो ।
आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंक्यास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक केशबराज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले यस बैंकको जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा आईएमई जनरलका सीईओ युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । कार्यक्रममा कम्पनीका सीईओ युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्ध जनाएका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा श्रवणकुमार अग्रवाल
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् । अध्यक्षमा नियुक्त भएकै दिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अग्रवाललाई सपथ ग्रहण गराएका थिए । कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठक गत जेठ १ गते बसेको थियो । नवनियुक्त अध्यक्ष अग्रवाल राजेश मेटल क्राफ्टका अध्यक्ष हुन् । साथै, उनी मर्वाडी सेवा समितिका प्रिसिडेन्ट हुन् ।