सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको शाखा आइतबारदेखि खुल्ने

काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो । उक्त शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि साे शाखा सिल गरिएको थियो । कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि इन्स्याेरेन्सले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेकाे हाे । इन्स्योरेन्सका अनुसार उक्त शाखा कार्यालयको नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाईका साथै संक्रमण रहित बनाइएको छ । यससँगै, आगामी जेठ ११ गतेदेखि सीमित कर्मचारीबाट उक्त शाखा सञ्चालन हुने र बीमितहरुले पूर्ववत रुपमा बीमा सेवा लिन सक्ने सिद्धार्थ इन्याेरेन्स कम्पनीले जनाएकाे छ । यस विषम परिस्थितिमा प्रभावकारी बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ । त्यस्तै, कोरोना देखिएको संक्रमित कर्मचारीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको इन्स्योरेन्सले जनाएको छ ।

प्राईम लाईफको नाफा ११.८५ प्रतिशतले बढ्यो

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा ११.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद बीमाशुल्क: यस्तै, गत आर्थिक वर्षकोे तेस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ८७ करोड ३ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही समयमा खुद बीमाशुल्क २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोष: गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँमा सिमीत थियो भने चालु आर्थिक वर्षकोे सोही समयमा जीवन बीमा कोष १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

विदेशी नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने, यस्ताे छ प्रक्रिया

काठमाडौं । अब विदेशबाट आउने व्यक्ति तथा नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायत कुनैपनि मुलुकबाट नेपाल भित्रिने व्यक्तिले १५ दिन क्यावरेन्टाइनमा बसेपश्चात मात्र कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ । शुक्रबार परिपत्र जारी गर्दै समितिले यो अवस्थामा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरु नेपाल फर्कने क्रम बढ्ने भएपछि यस्तो निर्णय गरेको हो । यससँगै, विदेशी नागरिकले क्वारेन्टाइनमा बसेको १५ दिन पश्चात मात्र उनीहरुले आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र कोरोना बीमालेख खरिद गर्न सक्ने छन् । यसको प्रमाण सम्बन्धित स्थानिय तहले गरेको हुनुपर्नेछ । त्यस्तै,  विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सो को नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । आरडीटी परिक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्ने छ । साथै, उक्त व्यहोराका अण्डरराईटिङ् कार्यका लागि पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेव साईटमा राख्नु पर्नेछ । उक्त फारम भरी स्वीकृत भएपछि मात्र बीमालेख जारी हुने गरी कम्पनीहरुले आफ्नो विद्युतीय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जनाएका छन् । [pdf id=216396]