काेहलपुरमा महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले शुक्रबार कोहलपुरमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेकाे छ । कम्पनीले सातै प्रदेशमा उक्त तालिम संचालन गर्न क्रममा शुक्रबार कोहलपुरमा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखलाई तालिम प्रदान गरेकाे हाे । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त तालिम प्रदान गरेकी हुन्। दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ०५गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

नेपाल लाइफका २६७ अभिकर्ता एमडीआरटी कल्बमा, जसले गरे ३० अर्ब बढीको व्यापार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २६७ जना अभिकर्ता एमडीआरटी कल्वमा गएका छन् । कम्पनीका लागि वार्षिक १० लाख अमेरिकी डलर वा वार्षिक ११ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु एमडीआरटी क्लवमा जान पाउँछन् । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दी टेवल र ९ जना टप अफ दी टेवल गरि २६७ जना अभिकर्ताहरु एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । ती अधिकर्ताहरुले नेपाल लाइफलाई एक वर्षमा करिब ३० अर्ब रुपैयाँको व्यापार (बीमा शुल्क) दिलाएका छन् । नेपाल लाइफले शुक्रबार एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई राजधानीको हायात होलटमा आयोजित एक भव्य समारोहका बीच सम्मान गरेको हो । विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडीआरटी)मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत प्रसाईले अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे । कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले एमडीआरती जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए । पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बनाए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा २२ कार्यालयका प्रमुखलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहिबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएका थिए । तालिममा २२ जना प्रमुखहरुको सहभागिता रहेको थियो। भोली संचालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसकाे बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु बारेमा तालिम संचालन हुने कम्पनीले जनाएकाे छ । कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कार्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।