यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन् । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । यस्तै सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । यसैगरी सो साधारण सभाले संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ती सर्वसम्मत रुपमा गरेको छ । यस्तै सभाले प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र विज्ञ संचालकको नियुक्ति भएको बिषयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ । त्यस्तै बीमा समितिले तोकेको समयभित्र ५ अर्ब चुक्ता पूँजी पु¥याउन अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने (गाभ्नेरगाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । बीमा समितिले २०७९ चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । कम्पनी मर्जरको लागि विस्तृत लेखा परीक्षण ९डिडिए० गर्नका लागि मुल्यांककर्ता नियुक्त गर्ने प्रयोजनको लागि पनि सभाले संचालक समितिलाई अख्तियारी दिएको छ । नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले आगामी दिनमा कम्पनीको कामकारवाही तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाई कम्पनीको ब्यवसाय विस्तार गर्ने र शेयरधनीहरुको चाहना अनुसार कार्यसम्पादन स्तर उच्च स्तरमा बृद्धि गर्ने बताए । यसैगरी संचालक संदिप कुमार अग्रवालले शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
ज्योति लाईफको ब्राण्ड एम्बेसडर पुन: राजेश हमाल
काठमाडौं । ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा नायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । बिहीबार भएको सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीका साथै नायक हमालले हस्ताक्षर गरेका छन् । कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका नायक हमालले ज्योति लाइफसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको बताए ।
नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिकोत्सवमा रक्तदान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भएको कम्पनीले जनाएको छ । २२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।