नेपाल इन्स्योरेन्सको बोनस खातामा, दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा शुल्क लाग्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । इन्स्योरेन्स कम्पनीको गत पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साथै हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । बोनस जारी गर्दा हुन आउने दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा लाग्ने शुल्क सेयरधनीहरु स्वयंले नै भुक्तानी गर्नुपर्ने कपनीले बताएको छ । उक्त शुल्क बैंक खातामा जम्मा गरेपछि मात्र हितग्राही खातामा सेयर जम्मा गरिने कम्पनीले जनाएको हो । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
बीमा दावी भुक्तानी बाहेक तिर्नुपर्ने रकम छैन : राष्ट्रिय बीमा कम्पनी
काठमाडौं । राष्ट्रि बीमा कम्पनीले हालसम्म परेका दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक तिर्नुपर्ने बाँकी रकम नरहेको बताएको छ । कम्पनीले कारोबारको क्रममा रहेका बीमा दावी बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको बताएको हो । साथै कम्पनीले यदि कुनै व्यक्ति तथा संघसस्थाको गत असार मसान्तसम्मको रकम भुक्तानी हुन बाँकी रहेको छ भने ३५ दिनभित्र जानकारी गराउन भनेको छ । ‘कम्पनीले आफ्नो कारोबारको क्रममा बीमा दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी बक्यौता राखेको छैन, कुनै व्यक्ति, संघ, संस्थाको बीमा दावी बाहेक कुनै रकम भुक्तानी गर्न बाँकी भए सम्कर्प गर्नुहोला,’ कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । २०७९ असार मसान्तसम्मको बाँकी रहेको रकम ३५ दिन भित्र के कति र के बापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सोको सक्कलै प्रमाण कागजात सहित केन्द्रीय कार्यालय काठमाडौंमा भुक्तानी माग गर्न आउन कम्पनीले आग्रह गरेको हो । तोकिएको म्यादभित्र भुक्तानीको लागि नआए, रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा समेत यस्तो माग दावी उपर कुनै कारवाही नहुने कम्पनीले बताएको छ ।
प्रिमियममा आईपीओ जारी गर्न सन नेपाल लाइफले बढायो प्रकृया, प्रतिकित्ता कति ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रकृयालाई अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १५०.५५ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । यससँगै कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाँमा आईपीओ जारी गर्ने भएको हो । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २५०.५५ रुपैयाको दरमा ९६ लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ छ ।