पाँच वर्षमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने गरी काम गरौं : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बिहीबार निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि कम्पनीहरुलाई निर्देशन दिए । ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ, बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले भने । हालै भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्ने बताए । ‘कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्याे, त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुप¥यो, कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्याे,’ उनले भने । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए । यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गर्नुहुुँदै बीमा कम्पनीहरुमा बीमा अभिकर्ता नदोहोरिने गरी छनौट गर्नका लागि प्राधिकरणको अनलाइन प्रणालीमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (पान) इन्ट्री गर्नुपर्ने प्रावधान राख्न लागिएको जानकारी दिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०।८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १६ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेहरुले मात्र लाभांश पाउनेछन् ।
लाभांश पारित गर्न युनियन लाइफले बोलायो साधारण सभा
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७र७८ को नाफाबाट सेयरधनीलाई ८।९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसको अर्थ माघ १५ गतेसम्म युनियन लाइफको सेयर खरिद गरी सेयरधनी बनेकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।