ईभी गाडीको शतप्रतिशत बीमा सलिकोले गर्ने, पूर्ण क्षति भए नयाँ कार किन्न पैसा दिने
काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा र ब्याट्रीमा नोक्सानी हुँदा भने उपभोक्ताहरु ठूलो मारमा पर्ने गरेको पाइएको छ । ब्याट्री नोक्सान हुँदा बीमाले ५० प्रतिशत मात्र क्षतिपूर्ति दिन्छ भन्ने उपभोक्तामा जानकारीको अभावले बीमितहरु समस्यामा पर्न थालेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी कुवँर क्षेत्री बताउँछन् । विद्युतीय गाडीको कुल मूल्यको ५० देखि ६० प्रतिशत ब्याट्री मूल्य पर्छ । तर, वर्तमान मोटर बीमा निर्देशिकाअनुसार ब्याट्री नोक्सान भएमा बीमितले क्षति मूल्यांकनको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी पाउने छन् । ५० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय कारकाे ब्याट्री लागत मात्र नै २५ लाखभन्दा बढी हुन्छ । नयाँ गाडीको ब्याट्रीमा पूर्ण क्षति भयो भने बीमितले १२ लाख ५० हजार रुपैयाँ मात्र पाउँछन् । जवकी नयाँ व्याट्री किन्नु पर्दा २५ लाख रुपैयाँ भन्दा बढी पर्छ । ब्याट्री क्षति हुँदा नोक्सान जति हुन्छ त्यसको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी हुँदा बीमित दुःखी मात्र भएका छैनन्, बीमा कम्पनीप्रति आक्रोश व्यक्त गर्ने, गाली गलौज गर्ने जस्ता समस्या देखिएको नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्रीको भनाई छ । ब्याट्री नोक्सान हुँदा ५० प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्थाबारे गाडी बिक्रेताले पनि ग्राहकलाई जानकारी नदिने र उपभोक्ताले पनि बीमा रक्षावरणबारे पूर्ण जानकारी विनै बीमा गर्ने भएकोले यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ । विकल्पमा पुरक बीमा लेख, नयाँ कार किन्ने सुविधा पनि बीमितहरुको समस्या देखेपछि सलिकोले भीआईपी प्लस योजना ल्याएको छ । यसमा ब्याट्री नोक्सान हुँदा १०० प्रतिशत क्षतिपूर्ति पाउने, पुरानो गाडी पूर्ण रूपमा नोक्सान भएमा सोही प्रकार, बनौट र मोडलको नयाँ गाडी किन्न पैसा दिने, क्षतिमा ह्रास कट्टी रकममा पनि सोधभर्ना गर्ने लगायत सुविधा रहेको उक्त कम्पनीले जनाएको छ । भीआई पी प्लस योजनामा थप चार सुविधा थपिएको कम्पनीले जनाएको छ । सवारी पूर्ण क्षति भएको अवस्थामा सोही मोडल, प्रकार र बनौटको नयाँ सवारी किन्न सम्बन्धित गाडीको आधिकारिक बिक्रेताको कर बीजक मूल्य बराबर नगद भुक्तानी दिइनेछ । पूर्ण नोक्सान नभएको अवस्था कुनै पनि पार्टस फेर्नुपर्दा ह्रास कट्टी रकम बराबर शोधभर्ना गरिनेछ । सवारी दुर्घटना भइ वर्कशपमा बनाउन दिनु परेको अवस्थामा बीमितलाई १४ दिनसम्म दैनिक १५०० रुपैयाँ सवारी भाडा यातायात शिर्षकमा भुुक्तानी गरिने छ । सवारी दुर्घटना चालक वा यात्रुको व्यक्तिगत सामान नोक्सान भएमा १० हजार रुपैयाँसम्म रकम भुक्तानी गरिनेछ । यस्तो प्रकारको बीमा गर्दा करिब १६ प्रतिशत अतिरिक्त बीमा शुल्क लाग्ने कम्पनीले जनाएको छ । भीआईपी प्लसमा सलिकोले मोटर बीमा लेखसँग पुरक बीमा लेख पनि जारी गर्दछ । त्यसको प्रिमियम करिब ५/६ हजार रुपैयाँ बढी हुने क्षेत्रीले बताए ।
मेटलाइफद्वारा नेपालमा वन बाई मेटलाइफ एप सार्वजनिक
काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन बाई मेटलाईफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सन्जिव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो । एप वन बाई मेटलाईफले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरुलाई उनीहरुको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउँछ । मेटलाइफका ग्राहकहरु आइतबारदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका वारेमा सूचनाहरु प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरुका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रीमियम गणना गर्न, एजेन्टहरुलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन् । एप वन बाई मेटलाईफको एपमा रहेको ३६० हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरुलाई डिजिटल बीमा सेवाहरुसँग सहज रुपमा एकीकृत गरेको छ । ३६० हेल्थ प्रयोगकर्ताहरुलाई उनीहरुको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रुपमा प्रबन्ध गर्न मिलोस् भनि श्रृजना गरिएको हो । यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरु लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाई जनसंख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षघात जस्ता गम्भिर रोगहरु मृत्युको प्रमुख कारणहरु हुन् । ३६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकहरुले आफ्नो हृदयको गति, रक्तचाप, तथा स्वास्थ्य विवरणहरुको निगरानी विनाहको कृत्रिम बौद्घिकताद्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधामार्फत राख्न सक्छन् । यसबाट उनीहरुले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट दोस्रो राय लिने जस्ता सेवाहरुको उपभोग समेत गर्न सक्छन् । यसमा गैरग्राहकहरुका लागि पनि विभिन्न सेवाहरु उपलब्ध रहेका छन् । बृहत नेपाली जनताका लागि थप आत्मविश्वासी, स्वस्थ भविष्य निर्माण गर्ने नेपालको लक्ष्यलाई मेटलाइफले समर्थन गर्न पाउनु आफैमा गौरवको विषय रहेको महाप्रबन्धक श्रेष्ठले जनाएका छन् । उनका अनुसार एप वन बाई मेटलाईफ र ३६० हेल्थको सफल शुरुवातसँगै कम्पनीले आफ्नो ग्राहक सेवामा क्रान्ति ल्याउने र देशभरका लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवाहरुमा एउटै एपमार्फत सहज पहुँच दिने लक्ष्य राखेको छ । कोरिया, चीन, अष्ट्रेलिया, बंगलादेश र संयूक्त अरब इमिरेट्सका उपभोक्ताहरुका लागि पहिले नै उपलब्ध रहेको पुरस्कार विजेता ३६०हेल्थ सार्वजनिक गर्ने नेपाल एसियाको सबैभन्दा नयाँ बजार हो । यस एपले यी देशहरुमा २५ भन्दा बढी पुरुस्कारहरु जम्मा गरेको छ । कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका प्रमुख मार्केटिङ्ग अधिकृत सन्जिव कपुरले ३६० हेल्थको विश्वव्यापि विस्तार भनेको मेटलाइफले आफ्ना ग्राहकहरुको जीवनमा ल्याउने मूल्यको प्रमाण रहेको र उनीहरुको जीवनयात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधाहरु प्रदान गर्न कम्पनी सदैव प्रतिबद्घ रहेको बताए ।
हिमालयन रिले ६ अर्बको आईपीओ ल्याउँदै, प्रतिकित्ता कति ?
काठमाडौं । नेपालको दोश्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेको छ । इन्स्योरेन्सले प्रिमियम मूल्यमा कूल ३ करोड कित्ता बराबरको आईपीओ ल्याउन लागेको हो । जसको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागिसकेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप १०८ रुपैयाँ प्रिमियम थपेर कूल ३ करोड कित्ता सेयर ६ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २०८ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।