नेपाल लाइफद्वारा तिमी यो दशैंमा के गर्छौ ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद तीस हजार, द्वितियलाई बीस हजार र तृतीयलाई दस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताएका छन् ।

मेटलाइफद्वारा भोजपुरमा बीमाको पहुँच विस्तार गर्न सचेतना कार्यक्रम आयोजना

भोजपुर । मेटलाइफले हालै भोजपुर नगरपालिका तालिम हलमा ८० भन्दा बढी सहभागीहरुका लागि बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । यस अन्तरक्रियात्मक कार्यक्रम मार्फत, कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको लागि सूचित निर्णयहरू गर्न सक्षम हुने आशा मेटलाइफल राखेको छ । मेटलाइफले स्थानीय समुदायमा बीमाको पहुँच विस्तार गर्न भोजपुरमा आफ्नो सम्पर्क कार्यालय पनि खोलेको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बैंक रोड, वडा नं. ८, भोजपुर नगरपालिकामा मेटलाइफको सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । यस कार्यालयले स्थानीयहरूलाई नवीन बीमा समाधानहरू र उनीहरुको डिजिटलाइज्ड बीमा सेवाहरूको उपलब्धताको बारेमा पहुँच गर्न र शिक्षित गर्न केन्द्रको रूपमा काम गर्नेछ । यस कदमले व्यक्ति र परिवारहरू अप्रत्याशित जोखिम र परिस्थितिहरूबाट पर्याप्त रूपमा सुरक्षित छन् भनी सुनिश्चित गर्न मेटलाइफको अटल समर्पण सहित यस क्षेत्रको बीमा समाधानहरू प्रवर्द्धन गर्ने उनीहरुहरूको प्रतिबद्धतालाई जनाउँछ । मेटलाइफ नेपालको कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत, कम्पनीले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा प्रोजेक्टर पनि अनुदान दिएको छ । यस पहलले विद्यार्थीहरूका लागि सिकाइ अनुभव मात्र बढाउँदैन तर यस क्षेत्रमा डिजिटलाइज्ड शिक्षाको पालनपोषण गर्न मेटलाइफको प्रतिबद्धतालाई पनि जोड दिन्छ। यी पहलहरूले कम्पनी र स्थानीय बीचको सम्बन्धलाई बलियो बनाउँछ र भोजपुरका युवाहरूलाई उनीहरूको समुदायमा उत्कृष्टता हासिल गर्न उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गर्दछ ।

सलिकोले मधेश प्रदेशका कर्मचारीहरुलाई दियो प्रशिक्षण कार्यक्रम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम दिएको छ । कम्पनीले कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जहाँ सहभागिहरुलाई सलिकोका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए । मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।