प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेटर नेपाल संस्थालाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पिंगलास्थानमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय सञ्चालनका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालद्वारा सञ्चालित बाल सारथी कार्यक्रमले अनाथ तथा अति विपन्न वर्गका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । बुधवार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणपछि बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले विशुद्ध सामाजिक सेवामा क्रियाशील संस्थालाई सहयोग गर्न पाउँदा कम्पनी खुशी भएको बताउँदै भने, 'हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकता अनुसार सहयोग गर्दै आएका छौं र यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।' कार्यक्रममा अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न बालबालिकाको शिक्षाको जिम्मा लिँदा पनि त्यो निरन्तरता प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगायतका सहयोगी संस्था र मनकारी व्यक्तिहरुको साथबिना सम्भव नहुने बताउँदै धन्यवाद व्यक्त गरिन् । सो कार्यक्रममा इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य श्रीमती सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोनबहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, तथा बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे लगायतको उपस्थिति थियो ।
मेटलाइफ इन्स्योरेन्स 'सोशल मिडिया इनिसिएटिभ अफ द इयर-नेपाल' बाट सम्मानित
काठमाडौं । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवार्ड २०२५ मा 'सोसल मिडिया इनीसिएटिभ अफ द इयर-नेपाल' उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत 'हेल्थ रिस्क एसेस्मेन्ट' सुविधा प्रवर्द्धन गर्ने डिजिटल अभियानको उत्कृष्ट सफलताको कदर स्वरूप प्रदान गरिएको हो । कम्पनीका अनुसार पुरस्कृत अभियानले उपभोक्ताहरूलाई स्वास्थ्य निगरानीको महत्त्व बुझाउन र बिमितहरुले कसरी सक्रिय स्वास्थ्य व्यवस्थापनका साझेदार बन्न सक्छन् भन्ने सन्देश दिन केन्द्रित थियो । वान बाई मेटलाइफको हेल्थ रिस्क एसेस्मेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई कुनै विशेष उपकरण बिना, केवल स्मार्टफोनको क्यामेराको प्रयोग गरेर रियल टाइममा आफ्नो स्वास्थ्य स्थिति जाँच गर्न सक्षम बनाउँछ । छोटो अनुहार स्क्यानमार्फत प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्यसम्बन्धी अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्, जसले मेटलाइफको दैनिक जीवनमा रोकथाममुखी स्वास्थ्य सेवा पुर्याउने लक्ष्यलाई समर्थन गर्छ । पाँच हप्ते यो अभियानले उल्लेखनीय परिणामहरू हासिल गरेको थियो । १० हजार नयाँ एप रेजिस्ट्रेसन, थप इच्छुक ग्राहकहरु, र प्रयोगकर्ता संलग्नता तथा एप रोजाइका स्पष्ट प्रमाणहरू प्राप्त भए । यी उपलब्धिहरूले समावेशी र पहुँचयोग्य डिजिटल समाधानमार्फत वास्तविक अनुभव प्रदान गर्ने मेटलाइफ नेपालको प्रतिबद्धता झल्काउँछन् । 'यो सम्मानले हामीले मानिसहरूलाई अझ आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग गर्ने उद्देश्यमा अडिग रहेको पुष्टि गर्छ । हामी हाम्रा ग्राहकहरूलाई स्वस्थ जीवनयापनमा सहयोग गर्न प्रतिवद्ध छौं । स्वास्थ्य सेवा र सुरक्षा केवल पहुँचयोग्य मात्र होइन, उनीहरूको डिजिटल जीवनशैलीमा सहज रूपमा समाहित हुने बनाउने हाम्रो लक्ष्य हो,' मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।
नेपाल लाइफले एक वर्षमै आर्जन गर्यो १० अर्ब प्रथम बिमाशुल्क
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले स्थापनाको २५ औं वर्षमा आइपुग्दा एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको हो । सञ्चालक समिति, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीह, सेयरधनीहरु, नियामक निकायको लगायतको मागर्दन र साथ सहयोगले नै कम्पनीले उक्त उपलब्धी हासिल गरेको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए । नेपाल लाइफले हासिल गरेको यो उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा बीमा बजारको विकासमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनी विश्वसत रहेको जनाएको छ । नेपालको बिमा बजार करिब ८ खर्बको पुगेको छ । जसमध्ये वासलताको आधारमा सबैभन्दा ठुला बिमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ । कम्पनी प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने कुमा प्रतिवद्ध रहेको प्रमुख कायाृकारी अधिकृत पराजुलीले बताए । कम्पनीले कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।