साइन रेसुङगाको नाफा ४७ प्रतिशतले बढ्यो, तीन महिनाको नाफा ६ करोड

काठमाडौं, २४ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ७८ लाख रुपैंयाँ नाफा कमाएको छ ।यो नाफा गत आवको सोही अवधिको तुलनामा करीब ४७ प्रतिशतले बढेको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधिमा कमाएको भन्दा २ करोड १६ लाखले बढि हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४ करोड ६२ लाख नाफा कमाएको थियो । पहिलो तीन महिनामा साइन रेसुङगाले ९ अर्ब ५ करोड निक्षेप संकलन गरेर ८ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । एक अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको २६ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ । व्याज आम्दानीबाट मात्र १३ करोड रुपैयाँ कमाएको यो बैंकको निष्कृय कर्जा शून्य दशमलव २४ प्रतिशत रहेको छ । यो बैंकको सीडी रेसियो ७७ दशलवल १२ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी २४ रुपैयाँ रहेको यो बैंकको प्रति सेयर न्युनतम ४१७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Breaking: भारतले ५०० र १००० का नोट बन्द गर्यो, भोलि भारतका सवै बैङ्क बन्द, दुई दिन एटिएम नचल्ने

काठमाडौं, २३ कात्तिक । भारतले  ५०० र एक हजारको नोटको कारोबार बन्द गरेको छ।  मंगलबार राती १२ बजेदेखि भारतमा यी नोट चल्ने छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा  संबोधन गर्दै नोट नचल्ने घोषणा गरेका हुन्। मोदीले कालोधन, नक्कली नोटका विरुद्ध यो निर्णय लिएको बताउँदै यसबाट हुने केही कठिनाईलाई झेल्न सबै भारतीय तयार रहेको बताए। यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजमात्र बन्नेछ। मोदीले मंगलवार टेलिभिजनमा सम्बोधन गर्दै  राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्। भारतमा  बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ। कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्। भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे। पूरानो नोट अस्पताल र पेट्रोल पम्पमा ११ नोभेम्बरसम्म चल्नेछ। यी नोटमा प्रतिबन्ध लगाएर भारतमा सरकारले दुई हजार रुपैयाँको नयाँ नोट संचालनमा ल्याउने भएको छ। मोदीले भारतीय रिर्जभ बैंकले पाँच हजारको नोट ल्याउन प्रस्ताव गरेपनि दुई हजारको नोट ल्याउन सहमति दिएको जानकारी दिए। उनले दुई हजार सहित नयाँ डिजाईनमा ५०० को नोट समेत प्रचलनमा ल्याउने बताए। भारत सरकारले बुधवार देशैभरी बैङ्कहरु बन्द गर्ने र बुधवार र विहिवार एटिएम नचल्ने जनाएको छ। माेदिले अातंकवाद र कालो बजारी तथा भ्रष्टाचारसंग लड्नका लागि यो कदम उठाएको बताएका छन्।

एनआईसी एसिया बैंकको नयाँ शाखा पोखराको विरौटामा सञ्चालन

पोखरा, २३ कात्तिक । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो ७४औँं शाखाको रुपमा मंगलबारदेखि पोखराको विरौटामा शाखा सञ्चालनमा ल्याएको छ । बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्राय अनुरुप विरौटामा स्थापित शाखाको एक समारोहबीच मंगलबार पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वश्ङ्कर पालिखेले उद्घाटन गरेका हुन् । शाखा सञ्चालनसँगै बैंकका सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको शाखाका प्रबन्धक चुडामणि पराजुली (दपिक)ले बताए । नयाँ शाखा विरौटासहित बैंकको शाखा सञ्जाल ७६ तथा एटिएम सङ्ख्या ६९ पुगेको छ । बैंकले गत त्रैमासिक अवधिमा गत आवको सोही अवधिको तुलनामा कर्जा सापटिमा ३९ प्रतिशत तथा निक्षेपमा ३४ प्रतिशतका साथै खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको बताइएको छ ।