एभरेष्ट बैंकले ९.९३ प्रतिशतमा घर र गाडी किन्न कर्जा दिने
काठमाडौं । एभरेष्ट बैंकले दशै र तिहारको अवसर पारेर न्युनतम ब्याजदरमा घर र गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ९.९३ प्रतिशतमा घर र गाडी कर्जा दिने भएको छ । यस्तै सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ । यस्तै १०.१८ प्रतिशतमा साना तथा मझौला व्यवसाय कर्जा दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि नयाँ निर्देशन ल्याएपछि घर, गाडी र साना तथा मझौला व्यवसाय योजना सार्वजनिक गरेको हो ।
मेरो माइक्रो फाइनान्सको साधारणभा असोज ३० गते नुवाटकोटमा , १२ प्रतिशत लाभाँश दिने
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औ वार्षिक साधारणसभा नुवाकोटको विदुरमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । सभाले गत आवमा गरेको नाफाबाट चुक्तापुँजीको १२ प्रतिशत अर्थात २ करोड ६६ लाख ३१ हजार रुपैयाँ लाभाँश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले गत असारमा कायम रहेको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने ६ करोड ६० लाख रुपैयाा बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश हुने संस्थाले जनाएको छ ।
एनआईसी एसियाको साधारणसभा भदौ ३० गते, २० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । एनआईसी एसिया बैंकको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्ष ०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । गत आवमा गरको नाफाबाट सेयरधनीलाई २० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले स्वीकृति गर्ने छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।