प्रभु बैंकको नाफा २५ करोड
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ करोड नाफा कमाएको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा भने २८ करोड नाफा कमाएको थियो । प्रभु बैंकले पहिलो त्रैमासिकमा ८२ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३४ करोड ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५१ करोड रहेको छ । खराब कर्जा ४.२३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट १३ करोड प्राप्त गरेको छ भने ११ करोड प्रोभिजन गरेको छ ।
स्ट्यान्डर्ड चाटर्ड बैंककाे नाफा ३८ प्रतिशतले वृद्धि, ईपीएस पनि बढ्यो
काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले चालु अार्थिक वर्षमा ३८ प्रतिशतले नाफा वृद्धि गरेकाे छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ४८ करोड २५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरण सकरात्मक देखिएको छ । बैंकको खराब कर्जा अनुपात ०.१८, कर्जा निक्षेप अनुपात ६४.९०, आधार ब्याजदर ६.७ पैसा र कर्जा निक्षेपबीच ब्याजदर अन्तर ५.७३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) असारको तुलनामा बढेर ४८ रुपैयाँ १८ पैसा पुगेको छ । गत असारमा ईपीएस ३४.५० पैसा थियो । गत असोजसम्म बैंकको निक्षेप परिचालन ८ अर्ब बढेर ७१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ६३ अर्ब ३८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि सामान्य बढेर ३९ अर्ब ८५ करोड पुगेको छ । गत असारमा बैंकके कर्जा लगानी ३९ अर्ब २० करोड रुपैयाँ थियो । चुत्तापुँजी ४ अर्ब रुपैयाँ मात्र रहेको बैंककाे संचित कोषमा ८ अर्ब ५५करोड रूपैयाँ छ ।
भूकम्प पीडितले अब निर्ब्याजी ३ लाख ऋण पाउने, ऋणको अवधी बढीमा ५ वर्ष हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई सामूहिक जमानिमा ३ लाख रुपैयाँ निर्ब्याजी कर्जा उलपब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मंगलबार निर्देशन जारी गरी भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानिमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बमोजिम काम गर्न भनेको छ । निब्र्याजी कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाले ऋणीसंग शुल्क लिन नपाउने, ऋणीले कर्जा सुरक्षा निगमबाट सुरक्षण गरेको हुनुपर्ने, निब्र्याजी कर्जाको भुत्तानी अवधि न्युनतम ३ वर्षदेखि ५ वर्षसम्म मात्र हुने राष्ट्र बैंकले जनाएको छ । भूकम्प पीडितलाई दिने निब्र्याजी कर्जालाई बैंक तथा वित्तीय संस्थाले विपन्नमा गणना गर्न पाउने व्यवस्था गरेको छ । कर्जाको लागतमा २ प्रतिशत थप गरी ब्याज दर कायम गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ । मन्त्रिपरिषदले गत बैशाख २९ गते कार्यविधि स्वीकृत गरेको हो ।