नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक सेयर बेच्ने, पुस ३ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकमा रहेको ४ लाख ४४ हजार ६२२ कित्ता संस्थापक सेयर न्युनतम १८५ रुपैयाँमा बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आब्हान गरेको छ । कम्पनीले पुस ३ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडमा बोलपत्र पेश गर्न भनेको छ । हाल एनसीसीको सेयर मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ रहेको छ ।

सनराइज बैंकले बीमा र बोनस सहित १ करोडसम्म घर कर्जा दिने

काठमाडौं । तपाईलाई घर कर्जाको समस्या परेको छ ? यदी छ भने यो समस्याको समधान सनराइज बैंकले गरिदिने भएको छ । बैंकले बीमा तथा बोनस सहित २० वर्षसम्मका लागि सनराइन सुरक्षित घरकर्जा याजना ल्याएको छ । बैंकले ऋणीको सावधिक जीवन बीमा गरिदिने भएको छ । बीमा अवधि समाप्त भएपछि एकमुष्ठ बोनस भुक्तानी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले घर बनाउन वा किन्नलाई न्युनतम ५ लाखदेखि अधिकतम् १ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । घरकर्जाको अवधि न्युनतम १० देखि अधिकतम २० वर्षसम्म तोकिएको बैंकले जनाएको छ ।  

सनराईज बैंकका प्रमोटरबीच फेरी झगडा, अदालतको आदेशपछि बैंकको साधारणसभा स्थगित

काठमाडौं । सनराईज बैंकका प्रमोटर सेयरधनीहरुबीच फेरी विवाद उत्पन्न भएको छ । प्रमोटरतर्फबाट सञ्चालक समितिमा को को जाने भन्ने विषयमा सेयरधनीहरु बीच विवाद उच्च अदालत पाटनमा पुगेको छ । सेयरधनीबीच विवाद कै कारण बैंकले कात्तिक ३० गते डाकेको १० औ वार्षिक साधारणसभा स्थगित गरेको छ । उक्त साधारणसभमा १५ प्रतिशत बोनस सेयर वितरण गर्नेसहित संस्थापक समूहबाट ३ जना सञ्चालक निर्वाचित गर्ने मुख्य अजेण्डा थिए । तीन जना मध्ये को को सञ्चालक बन्ने भन्ने विषयमा प्रमोटरबीच विवाद बल्झिएको हो । हाल यस बैंकमा प्रवद्र्धकबाट मोतिलाल दुगड, मालचन्द दुगड, भोगेन्द्र गुरागाई, बच्चराज तातेर सञ्चालन छन् । उनीहरु मध्ये अव एक जनाले सञ्चालक पद त्याग गर्नु पर्नेछ । कसले छोड्ने वा कसलाई छोडाउने भन्ने विवाद भएकोले बैंक समस्यामा परेको बैंकका सेयरधनीहरु बताउँछन् । करिव ७ वर्षअघि पनि यस बैंकमा प्रमोटरबीच विवाद हुँदा बैंक सफर भएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७४ अनुसार कुनै पनि बैंकमा ७ जनाभन्दा बढी सञ्चालक रहन पाउने छैन । राष्ट्र बैंकले उक्त ऐन सकेसम्म चाडो कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिईसकेको छ । उक्त ऐन अनुसार अबको साधारणसभापछि ३ जना प्रवद्र्धक, ३ जना पब्लिक र १ जना विज्ञ सञ्चालक रहन पाउने छन् । बैंकको निर्वाचन समितिले कात्तिक १४ गते निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशित गरेको थियो । सो निर्वाचत प्रक्रियामा असहमति जनाउँदै प्रवद्र्धकतर्फबाट उच्च अलादनमा मुद्दा परेको छ । उच्च अदालतले कात्तिक २४ गते अन्तरिम आदेश जारी गर्दै निर्वाचत प्रक्रिया यथास्थितिमा राख्न भनेको छ । निर्वाचन कार्य स्थगित गरेर साधारणसभा मात्र गर्न नमिल्ने भन्दै बैंकले साधारणसभा स्थगित गरेको हो । साधारणसभा गर्दा संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकको कार्यकाल सम्पन्न हुने, वर्तमान अवस्थामा ९ जना सञ्चालक रहेकोमा साधारणतर्फको ३ र स्वतन्त्र १ गरी ४ जना मात्र सञ्चालक बाँकी रहन गई अल्पमतमा पर्न र बहुमत नभई सञ्चालक समिति बैठक बस्न नसक्ने बैंकले बैंकको तर्क छ ।