सिटिजन्स बैंकमा प्रिमियर फिनान्स गाभियो, आजबाट एकिकृत कारोबार

काठमाडौं, २ साउन । सिटिजन्स बैंक इन्टरनेसनममा प्रिमियर फिनान्स कम्पनी औपचारिक रुपमा गाभिएको छ । उक्त फाइनान्स एक्विजिशन भएपछि आजदेखि एकीकृत कारोवार शुरु गरेको सिटिजन्स बैंकले जनाएको छ । उक्त फाइनान्स प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले गत असास २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले २४ गते स्वीकृति दिएको थियो । सिटिजन्स बैंकले यसअघि नेपाल हाउजिंग एंड मर्चेन्ट फाइनान्स लि. र पिपुल्स फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गरेको थियो । प्रिमियर फाइनान्स एक्विजिशन पश्चात बैंकको चुक्ता पूंजी ३ करोड ५६ लाख रुपैयाँले बृद्घि भई कुल चुक्ता पुँजी ३ अर्ब १० करोड पुगेको छ । बैंकको कूल निक्षेप ४८ अर्ब ८ करोड र कर्जा ४१ अर्ब ८ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । उक्त संस्था प्राप्ति भए पश्चात बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका बाहिर ३४ शाखा गरी मुलुक भर कुल ५८ शाखाहरु र ९३ वटा शाखा रहित बैंकिंङ्ग सञ्जालबाट सेवा प्रदान बैंकका प्रवक्ता तथा नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी दिए ।

यस कारण कुमारी बैंक एनसीसीसँगको मर्जको विपक्षमा–अमिर प्रताप राणा

काठमाडौं, ३१ असार । एनसीसीसहित ४ वटा विकास बैंकसँग मर्जमा जाने कुमारी बैंक सञ्चालक समितिको ८ महिना लामो प्रयास शुक्रबार सम्पन्न साधारणसभाबाट विफल भएको छ । मर्जको पक्षमा कम्तिमा ७५ प्रतिशत मत हुनुपर्नेमा मर्जको विपक्षमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । रोचक पक्ष के छ भने शुक्रबारसम्मन्न विशेष साधारणसभामा भीआईपी नामधारीसहित १९ जना सेयरधनीले कम्तिमा दुई घण्टा मर्जको पक्षमा आफ्नो विचार राखे । तर अन्तिम वक्ता अमिर प्रताप राणाले जम्मा ८ मिनेट आफ्नो विचार राखे मर्जको विपक्षमा । अमृतभोगको हलमा खचाखच सेयरधनीले उनको हरेक तर्कमा समर्थन गर्दै गट्टटट ताली बनाए । अन्तत राणाको विचारको पक्षमा र सञ्चालक समितिको प्रस्तावको पक्षमा सेयरधनीले मतदान गरे । प्रस्तुत छ साधारणसभामा राणाले व्यक्त गरेको विचारको मुख्य अंश । जब कुमारी बैंकको सञ्चालक समितिले एनसीसीलगायत अन्य ४ वटा विकास बैंकसँग मर्जमा जार्ने सम्झौता गर्यो, तब मैले यो प्रक्रियालाई नजिकबाट अध्ययन गर्न थाले । बैंक सञ्चालक समितिले, मर्जर कमिटिले दिएको तथ्याङ्कहरु अध्ययन गरेँ । ती तथ्याङ्कहरु मलाई राम्रो लागेन । मैले अन्य लगानीकर्ता साथीहरुसँग आफूले देखेको कुरा गरे । प्रवद्र्धकहरुसँग पनि कुरा गरे, साधारण सेयरधनीहरुसँग पनि कुरा राखे । सत्य तथ्य, वास्तविकता जे हो, त्यो भने । उहाँहरुको कुरा पनि सुने । उहाँहरुले पनि ‘यो त राम्रो भएन, सत्य तथ्य कुरा लगानीकर्तासम्म आएकै छैन’, भनेर भन्नुभयो । मर्जर प्रक्रियामा विशेष साधारणसभा गर्नै पर्छ, त्यतिबेला आफ्नो कुरा राख्छु पर्छ भन्ने कुरा भयो । साधारणसभाबाट नै उचित निर्णय लिनुपर्छ भन्ने कुरा भए । त्यसपछि डिडिए रिपोर्ट आयो, मर्जको लागि तय भएको स्वाप रेसियो हामीलाई देखाईयो । एनसीसीको १०० हुँदा कुमारीको ९८ रुपैयाँ देखाईयो । अरु चार विकास बैंकहरुमा कसैको ८०, कसैको ७५, कसैको ७०, एउटाको ५० भन्दा पनि कम देखियो । कुमारीको ९८, एनसीसीको १०० ? यो कसरी हुन सक्छ ? मैले डीडीए गर्दा लिएका आधारहरु विश्लेषण गर्न लगाए । सिनियर अटिरहरुलाई अध्ययन गर्न दिए । निष्कर्ष के आयो भने कुमारीको १०० हुँदा एससीसीको ८० भन्दा कम हुनुपर्ने । (फ्लोरमा गटट्ट् ताली) विकास बैंकहरुको ५० भन्दा माथि कुनैको पनि हुन सक्दैन । (फ्लोरमा गटट्ट् ताली) अब त मनले मानेन । यो त हुने कुरै भएन । यो मर्जको स्वाप रेरियो मुलतः नेटवर्थमा आधारित छ । अन्टराष्ट्रिय मापदण्ड फरक छ । नेटवर्थ, एनपीए, एनबीए, ऋणहरुको अवस्था लगायत ७/८ वटा मापदण्डका आधारमा स्वाप रेसियो निर्धारण गरिनुपथ्र्यो, त्यो यहाँ भएको छैन । पूर्ववक्ता साथीहरुको कुरा सुनेँ । मर्जमा नगए राष्ट्र बैंकले कारवाही गर्छ, झन समस्या आउँछ । मलाई त्यस्तो लाग्दैन । यो विशेष साधारणसभाले एनसीसी लगायत चार विकास बैंकसँग मर्जमा जाने प्रस्तावको विपक्षमा निर्णय गर्दा कुनै पनि कानुनको उल्लंघन हुँदैन । विशेष साधारणसभाले मर्जमा नजाने निर्णय गर्दा राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गर्छ भन्ने मलाई लाग्दैन । साधारणसभाको निर्णय राष्ट्र बैंकले मान्छ । हामी कानुनअनुसार चल्ने हो भने राष्ट्र बैंकले पनि हाम्रो निर्णयलाई कदर गर्छ । (फ्लोरमा गटट्ट् ताली) म यो फ्लोरलाई महत्वपूर्ण कुरा सुनाउँछु । तपाईहरुलाई भनिएको छैन । समस्या लुकाएर हुँदैन । कुमारी, एनसीसीसहित चार वटा विकास बैंक मर्जपछि बन्ने संस्थाले कम्तिमा तीन वर्ष लाभांश दिन सक्दैन । यो मेरो भनाई होइन, मर्जरका लागि गरिएको डिडिए रिपोर्टले दिएको निष्कर्ष हो । रिपोर्टमा आफ्टर मर्ज (मर्जपछिको अवस्था) शिर्षकमा यस्तो लेखिएको छ । (फ्लोरमा ताली) एनसीसीसँग मर्ज हुँदै गरेको विकास बैंकहरु मध्ये केही विकास बैंकमा अधिक बढी कर्मचारी रहेछन् । उनीहरुले यसअघि नै फाइनान्स कम्पनीसँग मर्ज गरेकाले बढी कर्मचारी हुन गएको रहेछ । ६ वटा बैंक मर्ज हुँदा करिव १४ सय कर्मचारी हुनेरहेछ । कुमारी बैंकसँग ३६ अर्ब निक्षेप छ । कर्मचारी साढे ३ सय कर्मचारी छन् । ६ संस्था मर्ज हुँदा निक्षेप करिव ७८ अर्ब हुन्छ । विजनेश करिब ११५ प्रतिशतले वृद्धि हुँदा कर्मचार ३०० प्रतिशतले वृद्धि हुन्छ । ७०० देखि ८०० कर्मचारी भए पुग्ने ठाउँमा १४०० कर्मचारी राखेर, बल्छि बजार बनाएर हुन्छ ? यस्तो संस्था कसरी चल्छ ? मर्जको मुख्य उदेश्य थोरै कर्मचारीले धेरै विजनेश हेण्डल गर्छ, बढी नाफा दिन्छ भन्ने हो । तर त्यो उदेश्य एनसीसीसँगको मर्जबाट सम्भव छैन । (फ्लोरमा ताली) मर्जपछि सेयर पुँजी ३०६ प्रतिशतले बढ्छ तर विजनेश ११५ प्रतिशतले मात्र बढ्छ । यस्तो मर्ज गरेर कसरी नाफा हुन्छ ? नाफा छैन, फाइदा छैन भने किन मर्जमा जाने ? (फ्लोरमा ताली) अब तपाई मर्जमा जाने पक्षमा हुनुहुन्छ ? म त मर्जको पक्षमा छैन । बाटोमा अगाडि खाल्टो देख्दा देख्दै म त अगाडि बढ्ने पक्षमा छैन । हामी मर्जमा जाने हो भने मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ हुन्छ । त्यसपछि बैंकले बोनस सेयर, हकप्रद सेयर केही पनि दिदैन । जब बोनस सेयर, हकप्रद सेयरको सम्भावना हुँदैन, बजारमा सेयरको मूल्य निकै तल जान्छ । मर्जमा गएपछि हामी सबैलाई घाटा हुन्छ भने हामी किन मर्जमा जाने ? (फ्लोरमा ताली) मर्जमा जान हुँदैन भन्ने पक्षमा भोट दिन म तपाईहरुलाई आग्रह गर्छु । धन्यवाद । र यो पनि  कुमारी बैंकको विशेष साधारणसभामा चुनाव पक्का, एनसीसी बैंकसँग मर्ज नहुने सम्भावना बढ्यो

 मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरियो, ५० प्रतिशत सेयरधनीद्धारा मर्जको विपक्षमा मतदान

काठमाडौं, ३१ असार । ६ वटा वित्तिय संस्था एकै पटक मर्ज हुने भनिएको मेगा मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिएको छ । कुमारी बैंकको बिशेष साधारण सभाले मर्जरमा नजाने निर्णय गरेको हो । मर्जरमा जाने वा नजाने भन्ने बिषयमा भएको मतदानमा ५० प्रतिशत भन्दा बढि सेयरधनीले मर्जरको विपक्षमा मतदान गरेका हुन् । नियमतः २६ प्रतिशत सेयर धनीले मर्जरका विपक्षमा मतदान गरेमा मर्जर प्रक्रिया रोकिने व्यवस्था छ । शुक्रबार भएको मतदानमा ५० प्रतिशत भन्दा बढि सेयर धनीले मर्जरमा जान नहुने पक्षमा मत दिएसँगै मेगा मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिएको हो । एनसीसी बैंकसँग मर्जरमा जाँदा अवसर भन्दा जोखिम धेरै हुने भन्दै धेरै सेयर धनी मर्जरको विपक्षमा उभिएका हुन् । कुमारी बैंकसँगै एनसीसी, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक मर्ज हुन लागेका थिए । यो मर्जर प्रक्रियाबाट कुमारी बैंक बाहिरिए पनि अन्य पाँच वटा संस्था भने मर्जमा जान सक्नेछन् ।