सनराइज बैंकको साधारणसभा पुस ३ गते, सञ्चालकलाई निरन्तरता दिन प्रस्ताव

काठमाडौं । सनराइज बैंकको १० औं वार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ । साधारण सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । यस्तै सभाले बैंकको संस्थापक समूहको सञ्चालकको निर्वाचन नगर्ने भएको छ । पाटन उच्च अदालतले रोक्न आदेश दिएपछि निर्वाचन रोकेको बैंकले जनाएको छ । निर्वाचन नहुने भएपछि सञ्चालक समितिलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।

कसले किन्यो एकै दिन २२ करोडको सेयर ?

  काठमाडौं । गत बिहीबार एकै दिनमा साना विकास विकास बैंकको संस्थापक सेयर २२ करोड मूल्य बराबरको किनबेच भएको छ ।बैंकको प्रतिकित्ता ९ सय रुपैयाँमा २१ करोड ९९ लाख १५ हजार ९ सय रुपैयाँको २ लाख ४४ हजार ३५१ कित्ता नेपाल बैकको संस्थापक सेयर किनबेच भएको हो । यो सबै सेयरको बिक्रि ३४ नम्बर ब्रोकरबाट भएको छ भने ४० नम्बर ब्रोकरबाट खरिद भएको देखिन्छ । सेयर १९९ जनाले खरिद गरेका थिए । बिहीबार साना किसानको संस्थापक सेयरले कारोबार बढाएको छ । बजार १३ अंकले बढेको थयो । सो दिन ६८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । एउटै कम्पनीको सेयर कारोबार १९९ पटक हुनु, एउटा ब्रोकरबाट मात्रै बिक्रि हुनु र अर्काे एउटाबाट मात्रै खरिद हुनुलाई संस्कास्पद मानिएको हो ।    

३ महिनामा आरबीआईलाई ९४ करोड डलर बिक्री

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल राष्ट्र बैंकले अमेरिकी डलर र युरो गरी रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ९४ करोड रुपैयाँ बिक्री गरेको छ । चालु आवको असोजसम्म केन्द्रीय बैंकले ९० करोड डलर र ४ करोड रुपैयाँ युरो बिक्री गरी ९७ अर्ब ४९ करोड भारु खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० करोड डलर र ९ करोड ५० लाख युरो बिक्री गरी १ खर्ब ७ अर्ब ५९ करोड भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । भारतसंग भारुमा मात्र कारोबार हुने व्यवस्थाका कारण राष्ट्र बैंकले डलर बेचेर आरबीआईबाट भारु खरिद गर्दै आएको छ ।