नागरिक लगानी कोषको साधारणसभा बैशाख ७ गते, २३ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नागरिक लगानी कोषको २२ औं वार्षिक साधारणसभा बैशाख ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । जसअनुसार २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश दिने भएको छ । सभाले पारित गरेपछि मात्र कोषले लाभांश वितरण गर्ने छ । पछिल्लो समयमा कोषको सेयर मूल्यमा गिरावट आएको छ । बजार घट्दै गएपछि कोषको सेयर प्रतिकित्ता २ हजार ७७० रुपैयाँमा झरेको छ ।

एनआईसी एसिया बैंकले ११ प्रतिशत अग्रिम ब्याज भुक्तानी दिने

काठमाडौं । एनआईसी एसिया बैंकले अग्रीम ब्याज भुक्तानी दिने गरी मुद्धती वचत योजना सञ्चालनमा ल्याएको छ । ग्राहकले मुद्दती खाताखोली सोही दिनमा वार्षिक ११ प्रतिशत दरले हुनआउने अग्रीम ब्याज भुक्तानी खातामा जम्मा गरिदिने भएको छ । मुद्दती खाता ३, ६, ९ अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खाता खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ । मुद्दती खाताखोल्ने ग्राहकको ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने भएको छ । यस अलावा,मुद्दती खाताखोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषतबाट समेत लाभ लिन सकिने बैंकले जनाएको छ । एनआईसी एसियाको मुलुकभर १८५ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । बैंकको सेवाग्राहीको संख्या १० लाखभन्दा बढी पुगेको छ । बैंकको वासलातको आकार १खर्ब ४८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । कर्जा लगानी १ खर्ब ४ अर्ब र निक्षेप १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।    

सिटिजन्स बैंकको बालविकास समाजलाई डेढ लाख आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले बालविकास समाजलाई १ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ११ अाैं वार्षिक उत्सवको अवसरमा बालविकास समाजलाई आर्थिक सहायाता प्रदान गरेको हो । २५ वर्ष देखि गरिब तथा जेहेन्दार बालबािलकालाई लालन पालन गर्दै अाएकाे बालविकास समाजलाई बैंकले सहयता प्रदान  गरेकाे हाे । सिटिजन्स बैंकले आयोजना गरेको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले चेक समाजको कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हन् । कार्यक्रममा समाजका अध्यक्ष सुवास गौतमले उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताए । त्यसैगरी अधिकृत भण्डारीले गरीब भएर जन्मिनु गल्ती होइन तर गरिबमै मर्नु त्यो गल्ती हुने बताए ।