एनएमबी बैंकको एफपीओ निष्कासन आजसम्म मात्र, शुक्रबारदेखि संस्थापक लगानीकर्तालाई खुला
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) सर्वसाधारणलाई आज बिहीबारसम्म मात्र खुला हुने भएको छ । गत जेठ ३० गतेदेखि निष्कासन भएको एफपीओको आज अन्तिम दिन भएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । निर्धारित समयमा पनि बिक्री नभएको एफपीओ भोली शुक्रबारदेखि सोमबारसम्मका लागि संस्थापक सञ्चालक तथा तिनका परिवारका लागि खुला गरिने कोषले जानकारी दिएको छ । संस्थापकले पनि खरिद नगरेको एफपीओ आधादर्जन प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्ने छन् । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको कोषले जानकारी दिएको छ । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।एफपीओ खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब १४ करोड ४ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।
एनआईसी एशिया बैंक कञ्चनपुरको पुनर्वासमा
काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ । पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले शाखाको उद्घाटन गरे । बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हो । बैंकको वासलातको आकार १ खर्ब ७८अर्ब भन्दा पुगेको छ । बैंकको निक्षेप बढेर १ खर्ब ५१ अर्ब पुगेको छ । यस्तै कर्जा लगानी १ खर्ब २० अर्ब रुपैयाँ पुगको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार छ ।
कर्जाको औसत ब्याजदर १२.४२ प्रतिशत पुग्यो, साउनदेखि घट्ला त ?
काठमाडौं । चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ । मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रस्तुत गरेको नीतिमा चालु आवका मौद्रिक नीतिमा सफलता प्राप्त भएको देखाएको हो । गभर्नर डा नेपालका अनुसार विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने प्रक्षेपण रहेकोमा जेठ मसान्तमा वार्षिक विन्दुगत वृद्धिदर १७.७ प्रतिशत छ । मौद्रिक क्षेत्रबाट प्रवाह हुने कुल आन्तरिक कर्जा २७.८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा यस आवको जेठ मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २८.३ प्रतिशत छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको प्रक्षेपित वार्षिक वृद्धिदर २० प्रतिशत रहेकामा जेठसम्म उक्त कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २१ प्रतिशत छ भने यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७.६ प्रतिशतले वृद्धि भएको छ । परिमार्जित ब्याजदर करिडोर लागू गरेपछिको अवधिमा अल्पकालीन ब्याजदर नीतिगत दरको रुपमा रहेको ५ प्रतिशत रिपोरेट वरिपरि अंकुशित हुँदै आएको गभर्नर डा नेपालले जानकारी दिए। यस आवको जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.३८ प्रतिशत र वाणिज्य बैंकबीचको भारित औसत अन्तर–बैंकदर ४.१८ प्रतिशत रहेका छन् । दीर्घकालीन प्रकृतिका ब्याजदरको हकमा वाणिज्य बैंकहरुको भारित औसत निक्षेप दर २०७५ जेठमा ६.६१ प्रतिशत छ । यसैगरी, उक्त अवधिमा कर्जाको भारित औसत ब्याजदर १२.४२ प्रतिशत पुगेका कारण कर्जा र निक्षेपको ब्याजदर अन्तर ५.८१ प्रतिशत कायम भएको छ । यस बैंकले परिमार्जित ब्याजदर करिडोर लागू गरेपछि सोअन्तर्गत असार २६ गतेसम्म पटक–पटक गरी ५ प्रतिशत रिपो दरमा ६९ अर्ब ७२ करोड तरलता प्रवाह गरेको छ भने ३ प्रतिशत निक्षेप संकलन दरमा ३८ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । ब्याजदर करिडोरका अतिरिक्त राष्ट्रबैंकले सोभैm खरिद तथा बिक्री बोलकबोल र रिपो तथा रिभर्स रिपो बोलकबोल जस्ता खुला बजार उपकरणमार्पmत तरलता व्यवस्थापन गर्दै आएको छ । खुला बजार कारोबारअन्तर्गत यस बैंकले ३७ अर्ब ६२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ भने १ खर्ब ३५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थालाई ३८ अर्ब ३३ करोड रुपैयाँको स्थायी तरलता सुविधा उपलब्ध गराएको छ । यस आवको असार २६ गतेसम्म वाणिज्य बैंकबाट अमेरिकी डलर ४ अर्ब एक करोड खुद खरिद गरी ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ । सोही अवधिमा परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ४ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ । यस आवको असार २५ गतेसम्ममा वाणिज्य बैंकले ११ खर्ब ५० अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले ४८ अर्ब ६२ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । रासस