माछापुच्छ्रे बैंकको नाफा १२१ करोड, कति पाउँछन लगानीकर्ताले लाभांश ?
काठमाडौं । माछापुच्छ्रे बैंकले १२१ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा नाफा कमाएको हो । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले ७२ अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ७ अर्ब ७५ करोड देखिन्छ भने ५ अर्ब ६ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहेको छ भने आधार ब्याजदर ११.०६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १६.४१ रुपैंयाँ रहेको छ । बैंकले २० प्रतिशत जगेडा कोष, ३ प्रतिशत कर्मचारीको शिप विकास र १ प्रतिशत संस्थागत समाजिक उत्तरदायीत्वका लागि छुट्याउँदा ११.१८ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।
माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको सुपर एजेण्टको रुपमा जीएमई रेमिट प्रा.लि.लाई नियुक्त गरेको छ । उक्त नियुक्ती पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमईको जुनसुकै एजेण्टहरुबाट तथा जीएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुने छ । उक्त नियुक्ती सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले एमबीएल रेमिटमार्फत पठाउन सक्नेछन् । साथै, यसबाट पठाएको रकम माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
एनआईसी एशिया बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधाका सबै शाखाबाट लिन सक्ने छन् । हाल बैंकले २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गतअसार मसान्त सम्म बैंकले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले बताएको छ ।