ग्लोबल आइएमई बैंकका ग्राहकले ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट पाउने

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन् । सोमबार(आज) दुई कम्पनीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा सो मात्राको छुट दिइने भएको छ । उक्त सम्झौता पश्चात बसुन्धराको ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन् । सोमबार(आज) दुई कम्पनीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा सो मात्राको छुट दिइने भएको छ ।

उक्त सम्झौता पश्चात बसुन्धराको ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्रीन सिटी अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

Share News