सिटिजन्स बैंक र आईआरआईसीबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र इन्डिपेन्डन्ट् रिसर्च एण्ड इन्भेस्ट्मन्ट् कम्पनीबीच तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्य दक्षता अभिबृद्धिको लागि आईआरआईसीले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै आईआरआईसीबीच आईआरआईसीले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमो बैंकिङ्गसेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंकले देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवंम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

सिद्धार्थ बैंकका एटिएममा मास्टर कार्ड नेटवर्कका कार्डहरु प्रयोग गर्न सकिने

काठमाडौँ । सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएसगैँ मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड र मेस्ट्रो कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटिएम मेशिनमा प्रयोग गर्न सकिने भएको छ । सो बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेबिट र क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएको छ । त्यसैगरी उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न ७ विभिन्न प्रकारका कृषि तथा लघु उद्यम कर्जाहरु ल्याएको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड बाई भिषा सेवापनि ल्याएको छ । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले हालसम्म १०८ अर्ब निक्षेप सकंलन तथा १०० अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

देवः विकास बैंकको २ वटा शाखा थपिए

काठमाडौँ । देवः विकास बैंक लि.ले बारवर्दिया नगरपालिकाको वडा नं ६ मा मगरागढी शाखा कार्यालय शुरु गरेको छ । बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले शाखा कार्यालय उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । यसैबीच, मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्रीमा ताराताल शाखा उद्घाटन भएको छ । फागनु २३ गते एक समारोहमा मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले शाखा उद्घाटन गरे । उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका लागि बिस्तार गरेको बताए ।