बैंक अफ काठमाण्डूको गाउँपालिकामा ८ नयाँ शाखा विस्तार

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । यी शाखाहरु ईन्द्रसरोवर, मकवानपुर, गढीमाइ, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, गुल्मी, छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ्ग, पातारासी, जुम्ला गाँउपालिकामा रहेका छन् । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु.७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नुवाकोटमा ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले नुवाकोटको त्रिशुली शाखाले ६ जना भुकम्प पिडितलाई आवास निर्माण कर्जा वितरण गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भुकम्प पिडितहरुको निजि आवास निर्माणका लागि कर्जा वितरण गरेका हुन् । स्थानीय सरकारको सहयोगमा घरनबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने श्रेष्ठले बताए । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशिल कर्जा वितरण गर्दै लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्ने जानकारी छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

सोमबार एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइताबार एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु एक अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, रु तीन अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।