रुपन्देहीको मणिग्राममा सनराइज बैंकको शाखा बिस्तार
काठमाडौँ । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११ औँ शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।
नबिल बैंकको ९० लाख २ हजार कित्ता संस्थापक सेयर साधारणमा परिवर्तन, सेयर संरचना अब ६०ः४०
काठमाडौँ । नबिल बैंक लिमिटेडले ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयरलाई साधारणमा परिवर्तन गरिएको छ । अब संस्थापकको ७० प्रतिशतको हिस्सा ६० मा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत पुगेको बैंकले जनाएको छ । बैंकले राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तन गर्ने स्वीकृति प्राप्त गरिसकेको छ ।
सानिमा बैंक: पार्टनर खोज्न बिहीबार बैठक, ‘दुई वटा मिलेर नयाँ बैंकपनि बन्न सक्छ’
काठमाडौं । मर्जर पार्टनर खोज्न गैर आवसीय नेपालीहरूको लगानी रहेको सानिमा बैंक संचालक समितिको बैठक विहीबार बस्ने भएको छ । बिहीबार बस्ने संचालक समितिको बैठकले मर्जर तथा एक्विजिशन कमिटी गठन गर्नेछ । सोही कमिटीले के कसरी कोसँग मर्जर गर्दा बैंकलाई अझ बढी फाइदा हुन्छ त्यहि अनुसारको पार्टनर खोज्ने बैंक स्रोतले बताएको छ । दुई वटा बैंक मिलेर नयाँ बैंक स्थापना हुनपनि सक्ने स्रोतले बतायो । हाम्रो बैंक र मर्जर गर्ने बैंककाबीच नामको विषयलाई लिएर निर्णय हुन सकेन भने नयाँ नामको बैंकपनि जन्मन सक्नेछ । अहिले राष्ट्र बैंकले बैठक बोलाएर छलफल मात्र गरेको हो । आगामी २७ गते आउने मौद्रिक नीतिले यस विषयलाई कसरी सम्बोधन गर्छ, कस्तो इन्सेन्टिभ दिन्छ, यसका आधारमा मर्ज तथा एक्विजिशन गर्न सकिने बताइएको छ । राष्ट्र बैंकले गत १२ गते वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिककृतलाई बोलाएर मर्जरमा जान निर्देशन दिएको थियो । ती बैंकरले मौद्रिक नीतिले दिने सहुलियतपछि मात्रै मर्जरका विषयमा गहन ढंगले छलफल अघि बढ्नेछ । ‘राष्ट्र बैंकले पक्कैपनि केही सहुलियत दिन्छ होला, त्यसपछि कुन मोडेलमा जाने भन्ने तय हुन्छ, त्यसैअनुसार हामीहरु अघि बढ्छौं’ श्रोतले भन्यो ।