लक्ष्मी बैंकको ११०औँ शाखा पोखराको अमरसिहं चोकमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा आफ्नो ११०औँ शाखा पोखराको अमर सिहं चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८जिल्लामा ११०शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन् ।

आइएमई लाइफ र आईसिएफसि फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसि फाइनान्स लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसि फाइनान्स लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्ने सम्झौता

काठमाडौं । नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतासंगै नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । . उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक बिनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए । साथै लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले उक्त कार्यको सरहाना गर्दै नबिल बैंकलाई धन्यवाद दिंदै यसको फाइदा लिन सबै लायन्स सदस्यलाई आग्रह समेत गरे ।